Comments Add Comment

राजपाको आन्दोलनलाई फोरम लोकतान्त्रिकको समर्थन


३१ जेठ, भैरहवा । संविधान संसोधन नगरी चुनाव गराउन खोजेको भन्दै बन्द आव्हान गरिरहेको राष्ट्रिय जनता पार्टीको आन्दोलनमा विजय गच्छदारको नेपाल फोरम लोकतान्त्रिक पार्टीले पनि समर्थन गर्ने भएको छ ।

गच्छदारको पार्टीले ५ नम्बरको प्रदेशका ३ जिल्ला रुपन्देही, नवलपरासी र कपिलवस्तुमा समर्थन गर्ने जनाएको छ ।

बुधबार नेपाल फोरम लोकतान्त्रिक पार्टीको रुपन्देही जिल्ला कार्यालय भैरहवामा बसेको ५ नम्बर प्रदेशको तीन जिल्लाको बैठकले राजपाको आन्दोलनमा समर्थन गर्ने निर्णय गरेको हो ।

५ नम्बरको प्रदेशको तीन जिल्ला रुपन्देही, नवलपरासी र कपिलवस्तुका जिल्ला अध्यक्ष, उपाध्यक्ष, केन्द्रीय सदस्य लगायत पार्टीका अन्य नेताको बैठकले मधेसमा जारी आन्दोलनमा समर्थन गर्ने निर्णय गरेको हो ।

बैठक पश्चात लोकतान्त्रिक पार्टीका रुपन्देही, नवलपरासी र कपिलवस्तुका जिल्ला अध्यक्षद्वारा हस्ताक्षरित जारी विज्ञप्तिमा मधेसी जनताको माग पूरा नगरी चुनावको घोषणा गरी मधेसमा द्वन्द्व निम्त्याउन खोजिएको भन्दै गम्भीर ध्यानआर्कषण भएको उल्लेख गरिएको छ ।

मधेसको जायज माग पूरा नभएसम्म स्थानीय चुनावमा सहभागी हुने वातावरण नभएको हुदाँ यथासिघ्र मधेसको मागलाई सम्बोधन गरी आन्दोलनरत दललाईसमेत चुनावमा सहभागी गराउन नेपाल सरकारसगँ माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment