+
+
Shares

नेपालगन्ज कारागारभित्रै कैदीद्वारा आत्महत्या

आरपी सुवेदी आरपी सुवेदी
२०७४ असार १ गते ९:११


१ असार, नेपालगन्ज । नेपालगन्ज कारागारमा पुर्पक्षका लागि थुनामा राखिएका एक कैदीले कारागार मै झुण्डिएर आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार जबर्जस्ती जस्ती करणी मुद्दामा थुनामा रहेका बाँके भवानियाँपुरका २७ वर्षीय अरविन्दकुमार बर्माले बिहीबार बिहान कारागारभित्रै झुण्डिएर आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सहप्रवक्ता तथा मुद्दा फाँटका इञ्चार्ज प्रहरी निरीक्षक वीरबहादुर थापाले बिहीबार सवा पाँच बजेतिर प्लाष्टिकको डोरीले पासो लगाइ आत्महत्या गरेको जानकारी दिए ।

प्रहरीले घटनास्थलको मुचुल्का गरी अनुसन्धान सुरु भएको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?