Comments Add Comment

‘किक’को सिक्वेल बन्ने, सलमानको डबल रोल

सलमान खानको सुपुरहिट फिल्म ‘किक’ को सिक्वेल बन्ने भएको छ । यसमा सलमानले दोहोरो भूमिका निभाउनेछन् ।

सन् २०१९ को क्रिसमसमा रिलिज गर्ने गरी किक २ को तयारी गरिएको हो । यस फिल्ममा दुई तरिकाले सलमानको दोहोरो भूमिका हुन सक्नेछ । एउटा सम्भावनामा सलमानको सकारात्मक र नकारात्मक चरित्रबीच लडाईं देखाइन सक्छ ।

यसैगरी दोस्रो सम्भावनामा यो फिल्ममा तेलुगु सिक्वेलको जस्तै २० वर्षको फड्को देखाइन सक्छ । यस्तोमा सलमानले बाबु र छोराको भूमिका निभाउनेछन् ।

सलमान हाल उनको आगामी फिल्म ‘ट्युवलाइट’ लाई लिएर चर्चामा छन् । यसमा उनको साथमा सोहेल खान र चिनिया अभिनेत्री जू जूले प्रमुख भूमिका निभाएका छन् । यो फिल्म इदमा प्रदर्शन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment