+
+
Shares

सर्लाहीका सबै स्थानीय तहमा एमालेले टुंग्यायो उम्मेदवार (सूचीसहित)

कल्पना कटुवाल बनिन् एकमात्र महिला प्रमुख उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १ गते ११:०१

१ असार, सर्लाही । नेकपा एमालेले प्रदेश नम्बर २ को सर्लाही जिल्लाका सबै १७ स्थानीय तहका उम्मेदवार तय गरेको छ । चार नगरपालिकाका बाहेक अरु सबै स्थानीय तहका उम्मेदवार जिल्ला कमिटीले नै टुंगो लगाएका जिल्ला अध्यक्ष रेवती पन्तले बताए ।

लालबन्दी, हरिवन, बरहथवा र बागमती नगरपालिकाका मेयरको टुंगो भने २ नम्बर प्रदेश कमिटीले टुंगो लगाएको हो । सर्लाहीमा ९ नगरपालिका र ८ गाउँपालिका छन् । एमालेले राजमार्गका क्षेत्रका सबै नगरपालिका जित्ने दाबी गरेको छ ।

त्यस्तै राजमार्गभित्रका हरिपूर्वा र मलंगवा नगरपालिकाका तीब्र प्रतिस्पर्धाबाट जित्न सकिने आँकलन गरिएको संगठन विभाग प्रमुख विदूर प्याकुरेलले बताए । एमालेले ईश्वरपुर, लालबन्दी, हरिवन, बागमती, बरहथवा र हरिपुर्वालाई मुख्य प्राथमिकता दिएको स्रोतले जनाएको छ ।

जिल्लाको बरहथवा नगरपालिकामा एमालेले महिलालाई मेयर उम्मेदवार उठाएको छ । पार्टीकी प्रभावशाली नेतृ कल्पना कटुवाल बरहथवाको मेयर उम्मेदवार बनेकी छन् । त्यस्तै पूर्वजिल्ला अध्यक्ष मनोज देवकोटा ईश्वरपुर नगरपालिकाको मेयर उम्मेदवार बनेका छन् ।

एमालेको आधार क्षेत्र मानिएको र २ नम्बर प्रदेशमै बर्दिबासपछि तीब्र विकास भइरहेको हरिवन नगरपालिकाको मेयरमा एमालेले युवा नेता गणेश प्रसाईलाई खडा गरेको छ ।

यी हुन् सर्लाहीमा एमालेका प्रमुख र उपप्रमुख उम्मेदवार

वागमती नगरपालिकाः बिष्णु पुलामी मगर, बिभा नेपाल

हरिवन नगरपालिकाः गणेश प्रसाई,रेणुका पौडेल

लालबन्दी नगरपालिकाः मानवहादुर खड्का, शान्ति लामा

ईश्वरपर नगरपालिकाः मनोज देवकोटा, एकादत्ती चौधरी

बरहथवा नगरपालिकाः कल्पना कटुवाल,विष्णुकान्त महतो

हरिपुर नगरपालिकाः जमरुद्धिन मन्सुर, रेणुका काफ्ले

मलंगवा नगरपालिकाः देवेन्द्र राय यादव,उपमेयर बाँकी

हरिपुर्वा नगरपालिकाः जयप्रकाश यादव,उपमेयर बाँकी

बलरा नगरपालिकाः चन्द्रिकाप्रसाद सिंह,सुनितादेवी सहनी

कविलासी गाउँपालिकाः देवेन्द्र राय, रितादेवी साह तेली

धनकौल गाउँपालिकाः रुदल सहनी, चम्पादेवी पासवान

चन्द्रनगर गाउँपालिकाः बिल्टु पासवान, शिवकली देवी ऋषी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?