१ असार, भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका माओवादी केन्द्रका मेयर उम्मेदवार फैज अहमद खानले नगरमा विकास र जातिय तथा साम्प्रदायीक सदभाव कायम गर्नका लागि उम्मेदवार बनेको बताएका छन् ।
उनले नगर विकासमा पछाडि पर्नुका साथै जातिय तथा साम्प्रदायीक सदभाव समेत खलबलिएको कारण नगरको विकास र जातिय तथा साम्प्रदायीक सदभाव कायम गर्न आफू उम्मेदवार बनेको बताएका हुन् ।
माओवादीले भैरहवास्थित सिद्धार्थनगर नगरपालिकामा फैज अहमद खानलाई मेयर र कमला थापालाई उपमेयरको उम्मेदवार बनाएको छ । खान माओवादी केन्द्र सिद्धार्थनगरको सचिवालय सदस्य र थापा कोषाध्यक्ष हुन् ।
उनीहरुले नगरमा सधैं एकै अनुहार र सामान्तवाद सोच भएका नेतृत्व चुनिँदा विकासमा नगरवासी पछाडि परेको भन्दै नयाँ र योग्य मेयर छान्नुपर्ने अवस्था आएको बताए ।
उपमेयरकी उम्मेदवार थापाले अन्यायमा परेका उत्पीडित समुदायको पक्षमा आफू जहिले पनि उभिएकाले सिद्धार्थनगरका जनताले यसपटकको निर्वाचनमा माओवादी केन्द्रलाई जिताउने कुरामा विश्वस्त रहेको बताइन् ।
नेतृ थापाले आफू धेरै बोल्ने भन्दा पनि काम गरेर देखाउने व्यक्ति भएकाले माओवादी केन्द्रको जीत सुनिश्चित रहेको दावी गरिन् । ं
कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज हकिकुल्लाह खाँले भैरहवामा बाँडिएको मनोविज्ञान नै विकासको अवरोधको कारण रहेको बताए । सिद्धार्थनगर नगरपालिका रुपन्देहीको पुरानो नगरपालिका भए पनि विकास हुन नसकेकोमा उनले दुःख व्यक्त गरे ।
प्रतिक्रिया 4