+
+

मनाङमा जीप दुर्घटना, २ को मृत्यु, ९ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २ गते ८:३५

२ असार, काठमाडौं । मनाङको नेस्याङ– १ स्थित चामे–मनाड सडकखण्डमा बिहीबार भएको जीप दुर्घटनामा २ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन् ।

मनाडबाट चामे आउँदै गरेको ग१ज ६६०२ नम्बरको जिप  बिहीबार दिउँसो २ः३० बजे अनियन्त्रित भई सडकबाट ८ मिटर तल खस्दा नाल्मा–२ लमजुङका गोपी लामा र काक्रे–९, रुकुमका विक्रम गुरुङको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय मनाङका अनुसार लामाको घटनास्थलमै र गुरुङको उपचारका क्रममा जिल्ला अस्पताल मनाङमा मृत्यु भएको हो ।

दुर्घटनामा १ मेक्सिकन नागरिकसहित ९ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यात्रुवाहक जिप दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?