Comments Add Comment

निजी स्कुलमा बढाइएको शुल्क फिर्ता लिन बिप्लवनिकट क्रान्तिकारीको माग

२ असार, काठमाडौं । नेत्र विक्रम चन्द बिप्लव नेतृत्वको माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीले निजी शिक्षण संस्थाहरुमा वृद्धि गरिएको शुल्क फिर्ता नलिए सरकारविरुद्ध कडा आन्दोलनमा जाने चेतावनी दिएको छ ।

अनेरास्ववियू क्रान्तिकारीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शिक्षा क्षेत्रमा देखिएका विकृति-विसंगति अन्त्य गर्ने, निजी क्षेत्रमा वृद्धि गरिएको शुल्क फिर्ता लिने लगायतका सहमति तत्काल कार्यान्वयन गर्न पनि सरकारसँग माग गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संगठनका सचिव रामबहादुर विश्वकर्माले चर्को शुल्क वृद्धि गर्ने शिक्षण संस्थाहरुमा तालाबन्दी गर्ने लगायतका आन्दोलनको कार्यक्रम समेत घोषणा गरे ।

यसअघि सरकार र प्रमुख बिद्यार्थी संगठनबीच शुल्क बृद्धि फिर्ता लिने सहमति भएको थियो । तर बिद्यालय सञ्चालकहरुले भने आफूहरुको सहभागिताबिना गरिएको सहमति मान्य नहुने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment