Comments Add Comment

मोबाइल सेवाबारे गुनासो गर्न सरकारले ल्यायो मोबाइल एप


२ असार, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तरबारेको गुनासो मोबाइल एपमार्फत गर्न सकिने सुविधा ल्याएको छ । अब मोबाइल सेवा सम्बन्धी गुनासो एनटीए क्युओएस सर्भे मोबाइल एपमार्फत लिन सुरु गरिएको प्राधिकरणले जनाएको छ ।

सो एपमार्फत उपभोक्ताले मोबाइल सेवाको गुणस्तर तथा सेवा सम्बन्धी कुनै गुनासो राख्नसक्ने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

‘ग्राहकले टिपाएका गुनासो सम्बोधनका लागि सम्वन्धित टेलिकम अपरेटरलाई हामी निर्देशित गर्नेछौं’ प्रवक्ता अर्यालले बताए ।

एपलाई हाल गुगलको प्ले स्टोरवाट डाउनलोड गर्न सकिन्छ । साथै भने निकट भविष्यमा नै एप्पलको एपस्टोरमा पनि राखिने जानकारी प्राधिकारणले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment