Comments Add Comment

आफ्नो टाउकोमा बोतल अड्याउन सक्छन् यी ‘चुम्बक मानव’


कुनै मानिसको टाउकोमा बोतल तथा क्यान टाँसिएका देख्नुभएको छ ? अमेरिकामा एकजना यस्ता मानिस छन् जसको टाउकोमा धातुका बट्टा तथा बोतलहरु टाँसिन्छन् । मानौँ, उनको सिर नै चुम्बक हो ।

शिकागोका बासिन्दा जेमी किटनको टाउको चुम्बक झैँ हुनुमा वास्तवमा रोगको प्रतिफल हो ।

 

उनी छाला सम्बन्धी एक गम्भीर तथा दुर्लभ रोगबाट पीडित छन् ।जसका कारण उनी आफ्नो टाउकोमा बोतल तथा क्यान अड्याउन सक्छन् ।

त्यस असाधारण क्षमताका कारण जेमी बोतल टाउकेको नामले पनि चिनिन्छन् । उनको नाम गिनिज बुकमा पनि दर्ज छ ।

आफ्नो यो असाधारण क्षमताको प्रयोग पनि जेमीले अनौठो तरिकाले गर्दछन् । उनी आफ्नो टाउकोमा पानीका बोतल टाँसेर मानिसहरुलाई पानी पिलाउँछन् ।

डाक्टरहरुका अनुसार जेमीको सरीरको तापक्रम सामान्य भन्दा धेरै छ । जसका कारण उनको टाउकोले सक्सन कपको रुपमा काम गर्दछ । जेमी सायद अमेरिकामा यस्तो दुर्लभ समस्या भएको एकमात्र मान्छे हुन् । अहिलेसम्म यो रोगको नाम पनि दिन सकेका छैनन् डाक्टरहरुले ।

आफु ७ वर्षको छँदा पहिलोपटक आफ्नो यस्तो क्षमताको बारेमा थाहा पाएको उनी बताउँछन् । त्यसबेला उनले आफ्नो टाउकोमा खेलौनाहरु टाँस्दथे । सुरुमा त उनलाई आफ्नो टाउकोमा यसरी वस्तुहरु टाँसिने कुरा भन्नका लागि डर लाग्थ्यो । मान्छेहरुले कतै पागल पो भन्ने हुन् की भन्ने लाग्थ्यो रे उनलाई ।

तर अहिले उनको त्यो दुर्लभ स्वास्थ्य समस्या उनको लागि कमाईखाने भाँडो भएको छ । उनी विभिन्न ब्राण्डका लागि विज्ञापनमा पनि खेलेका छन् । खासगरी विभिन्न ब्राण्डका सामानहरु आफ्नो टाउकोमा टाँसेर उनले विज्ञापन गर्दछन् । यसो गरेर उनले एक हप्तामै १५ सय देखि ८ हजार डलरसम्म कमाउँछन् । एजेन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment