Comments Add Comment

राजपाका १६ नेता कार्यकर्ता पक्राउ

३ असार, नेपालगञ्ज । लाठी जुलुस निकाल्दै गरेका राजपा नेपालका नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लाठी जुलुस प्रदर्शन गर्ने क्रममा प्रहरीले १६ जिल्ला नेताहरुलाई पक्राउ गरेको छ । त्रिभुवनचोक नजिकै रहेको पार्टी कार्यालयबाट लाठी जुलुस प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा केन्द्रीय सदस्य रामकुमार दीक्षित, जिल्ला अध्यक्ष मण्डलका अध्यक्षहरु केशवराम बर्मा, लक्ष्मीनारायण बर्मा, फूलचन्द्र तिवारी लगायतका रहेका छन् ।

त्यस्तै, जिल्ला सचिवहरु महमुद आलम सिद्दिकी, सुरेशकुमार बर्मा र जिल्ला सदस्यहरु राजेन्द्र गुप्ता, मेराज अन्सारी, मोहम्मद रसुल शाह, मनोज बर्मा, किताकल निशा दर्जी, रामगोपाल बर्मा लगायतका रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक सरोज पौडेलले जानकारी दिए ।

यसैबीच बाँकेका प्रहरी प्रमुख एसपी टेकप्रसाद राईले आइतबार स्थानीय तहको निर्वाचनमा मनोनयन दर्तामा अवरोध पुर्याउने सक्ने भन्दै राजपाका नेताहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

राजपाका केन्द्रीय उपाध्यक्ष विजयकुमार गुप्ताले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरी नेताहरुलाई पक्राउ गरेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment