Comments Add Comment

‘ग्रेडिङ’ले अल्मलिए विद्यार्थी

४ असार, काठमाडौं । कक्षा १० को अन्त्यमा लिइने परीक्षा र नतिजा प्रकाशन पद्धतिमा आएको परिवर्तनसँगै अभिभावक र विद्यार्थी अहिले निकै अलमलमा परेका छन् ।

गत वर्षदेखि पूर्णरूपमा लेटर ग्रेडिङ पद्धतिमा नतिजा प्रकाशन भएसँगै अलमलमा परेका विद्यार्थी आफ्नो नतिजाअनुसार कक्षा ११ मा पढ्न पाउने र नपाउने विषयमा अझै स्पष्ट हुन सकेका छैनन् ।

शिक्षा मन्त्रालयले यससम्बन्धमा स्पष्ट मापदण्ड बनाए पनि विद्यार्थी र अभिभावकसम्म पुर्याउन नसक्दा उनीहरू माकुराको जालोमा फसेजस्तै भएका छन् ।

कक्षा ११ मा भर्नाका लागि शिक्षा मन्त्रालयले तयार पारेको न्यूनतम आधारअनुसार विद्यार्थीले पढ्न चाहेको विषयमा भर्ना हुन कक्षा १० मा अनिवार्य विषय अंग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिक अध्ययनमा न्यूनतम डी प्लस ल्याउनै पर्छ । ११ कक्षामा विज्ञान समूहमा भर्ना हुन चाहने विद्यार्थीले अनिवार्य विज्ञान र गणित विषयमा सी प्लस ल्याउनै पर्छ । अंग्रेजी, सामाजिक अध्ययन र नेपाली विषयमा भने डी प्लस मात्र ल्याए पनि हुने मन्त्रालयको मापदण्डमा उल्लेख छ । एसईईमा विद्यार्थीले आठ विषयमा परीक्षा दिए पनि तीन विषयमा भने जुन ग्रेड ल्याए पनि हुन्छ ।

११ कक्षामा पढाइ हुने विज्ञान समूहअन्तर्गत फिजिक्स, केमेस्ट्री, बायोलजी, म्याथम्याटिक्स, कम्प्युटर साइन्स र एग्रिकल्चर पर्छन् । तर, यस समूहमा भर्ना हुन विद्यार्थीले समग्र नतिजामा न्यूनतम जीपीए दुई ल्याउनै पर्छ । विषयअनुसार जुन ग्रेड ल्याए पनि न्यूनतम जीपीए १.६ प्रतिशत मात्र ल्याएका विद्यार्थी भने सीपमूलक समूहमा मात्र भर्ना हुन पाउँछन् । यसबारे कुनै पनि विषयमा यति नै ग्रेड ल्याउनुपर्ने मापदण्ड तोकिएको छैन । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment