Comments Add Comment

विराटनगरमा मनोनयन दर्ता सुरू, ठूला दलको ठूलै तयारी (तस्वीरसहित)

उम्मेदवारहरुको मनोनयन पत्र

४ असार विराटनगर । दोस्रो चरण अन्तर्गत यही असार १४ गते हुने स्थानीय तह चुनावको लागि आइतबार उम्मेदवारी दर्ता सुरु भएको छ ।

प्रदेश नं. १ को एउटाम मात्रै महानगरपालिका रहेको मोरङ जिल्लामा पनि दलहरुले तामझामका साथ मनोनयन दर्ता गरिरहेका छन् ।

प्रदेश नम्वर एकको एक मात्र महानगरपालिका विराटनगरमा विहान ८ बजेदेखि नै उम्मेदवारको मनोनयन दर्ताको भइरहेको छ ।

वीरेन्द्र सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दलका उम्मेदवारहरुको मनोनयन पत्र दर्ता कार्य सुरु भएको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले जानकारी दिए ।

विहान ८ वजेदेखि मनोनयन दर्ता सुरु भएपनि यो समाचार तयार पार्दासमम स्वतन्त्र उम्मेदवारको मात्र मनोनयन दर्ता भएको छ ।

पोख्रलका अनुसार मुख्य दलका उम्मेदवारलाई फरक/फरक समय तालिका दिएकाले सोही अनुसार मनोनयन दर्ता गर्ने तालिका तोकिएको छ ।

मुख्य दलको उम्मेदवारलाई मुख्य निर्वाचन अधिकारीको कार्यकक्षमा मनोनयन दर्ता गर्ने व्यवस्था मिलाइएको छ भने अन्यका लागि बाहिर मनोनयन दर्ताको स्थान तोकिएको छ ।

अहिले मुख्य निर्वाचन अधिकारकिो कार्यालय रहेको स्थान वीरेन्द्र सभागृहमा उम्मेदवारले आफ्नो मनोनयन दर्ता गर्ने प्रकृयामा रहेकाले भीड लागेको छ ।

मनोनयनकमा क्रममा दलका कार्यकर्तावीच झडवको स्थिति आउन नदिन मुख्य निर्वाचन कार्यलय आसपारको क्षेत्रमा विषेश सुरक्षा सर्तकता वढाइएको छ । जिल्लामा एक महानगरपालिका सहित ८ नगरपालिका र आठ गाउँपालिका सहित १७ स्थानीय तह रहेको छ ।

स्वतन्त्रको उम्मेदवारले मनोनयन दर्ता

स्थानीय वीरेन्द्र सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराई रहेका छन ।
स्वतन्त्रबाट विराटनगरको मेयर पदमा राजकुमार कार्कीले मनोनयन दर्ता गराएका हुन् ।

यसैगरी उपमेयरमा मुन्ना खान र उत्तम ढुंगेलको मनोनय परेको छ । बडा नम्बर ६ बाट अध्यक्षमा रञ्जु चौधरी, १० मा माधवराज वाग्ले, राजेश मास्के र अमलेस कर्णको मनोनयन परेको छ ।

वडा नम्बर ८ मा खगेन्द्र पोखरेलले अध्यक्ष पदमा र कल्याण छामिछानेले सदस्य पदमा उम्मेदवार दर्ता गराएका हुन ।

मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले महानगरका १९ वडा वडाको मनोनयन दर्ता अलगअलग स्थानमा दर्ता गराउने व्यवस्था गरिएको बताए ।

पोखरेलले मनोनयन स्थलमा उचित सुरक्षा प्रबन्धसहित राम्रो व्यवस्थापन गरिएको बताए ।

स्वतन्त्रका उम्मेदवारहरु बाजागाजासहित मनोनयन दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । कार्यालयले पहिलो स्वतन्त्र, साना दल र त्यसपछि ठूला दललाई मनोनयन दर्ता गराउने समय छुट्याइएको छ ।

ठूला दलको ठूलै तयारी 

मनोनयन दर्ता गर्न प्रमुख दलले ठूलै तयारी गरेका छन् । नेपाली काँग्रेसले अपरान्ह ४ बजे स्थानीय तह निर्वाचन उम्मेदवारी दर्ता गर्ने जनाएको छ ।

तिनपैनी, कोइराला निवास र रोडशेष गरी तीन स्थानबाट झाँकीसहिको र्याली निकालेर मनोनयन दर्ता गर्ने र त्यसमा केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला,मिनेन्द्र रिजाल र महेश आचार्य पनि सहभागी हुँने कांग्रेसले जनाएको छ ।

एमाले १२ बजे पाँञ्चालीबाट बाजागाजासहि रोडशेष चौक,मेनरोड गोल्छाचौक हुँदै १ बजे मनोनयन दर्ता गर्ने जनाएको छ ।

र्‍यालीमा पूर्वमन्त्री लालबाबु पण्डित, केन्द्रीय कमिटी सदस्य जीवन घिमिरे, शिवमाया तुम्बाहाम्फे, रुपनारायण श्रेष्ठसहितका नेता सहभागी हुनु हुनेछ ।

माओवादी केन्द्रले १२ बजे मनोनयन दाखिला गर्ने जनाएको छ । पार्टीका केन्द्रीय सचिवालय सदस्य लेखनाथ न्यौपाने, सावित्रीकुमार काफ्ले, प्रदेश १ का सह­-संयोजक, मोरङ जिल्ला संयोजक गोपी अछामीलगायत नेताहरु सहभागी हुँनेछन् ।

एमालेसँग तालमेल गरेको फोरम लोकतान्त्रिकले उसँगै सहभागी भई मनोनयन दाखिला गर्नेछ भने संघीय समाजवादी फोरमले माओवादी केन्द्रसँगै मानोनय दखिला गर्ने बताइएको छ ।

तस्वीरहरू : ध्रुव भट्टरार्इ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment