Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः निर्वाचनमय बन्यो देश

५ असार, काठमाडौं । दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि आइतबार देशभर उत्साहजनक ढंगले उम्मेदवारी दर्ता भएको छ । आजका पत्रपत्रिकाहरुले निर्वाचन माहोलसँग जोडेर देश निर्वाचनमय बनेको लेखेका छन् । निर्वाचन बहिष्कारको पक्षमा रहेका पार्टीले पनि निर्वाचनमा सहभागी बन्न उम्मेदवारी दिएकाले बहिस्कारको घोषणा गरेका दलहरुको बहिस्कार खारेज भएको पत्रपत्रिकाहरुले लेखेका छन् ।

गोरखापत्र दैनिकले उम्मेदवारी दर्ता शान्तिपूर्ण भएको भन्दै मुख्य खबर लेखेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्केको, अमेरिका पुगेका चार मूर्ति स्वदेश फर्काइएको लगायतका खबर गोरखापत्र दैनिकको पहिलो पृष्ठमा छन् ।

अन्नपूर्ण पोस्ट दैनिकले काठमाडौंको गोकर्णेश्वरमा रहेको गाई फार्ममा लागेको आगलागीको विषयमा फिचर लेखेको छ ।

उत्साहजनक उम्मेदवारी परेको जनाएको कान्तिपुर दैनिकले राजपालाई पार्टीभित्रैबाट निर्वाचनमा भाग लिन दबाब परेको लेखेको छ ।

‘बहिस्कारवादीकै उम्मेदवारी’ शीर्षक दिएर मुख्य खबर लेखेको नागरिक दैनिकले मनोनयन उत्साहपूर्ण भएको, निर्वाचनका लागि १ लाख ६३ हजार सुरक्षाकर्मी परिचालन भएकोलगायत खबरलाई पहिलो पृष्ठमा स्थान दिएर छापेको छ ।

नयाँ पत्रिका दैनिकले देश फेरि निर्वाचनमय भएको भन्दै आइतबारका विविध गतिविधिहरुलाई प्राथमिकताका साथ लेखेको छ । भूकम्पपीडितका अर्बौं रकम बैंकमा थन्किएको खबरलाई पनि नयाँ पत्रिकाले महत्त्वका साथ छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment