Comments Add Comment

गाई फार्ममा भएको आगलागीको छानविन गर्न माग

५ असार, काठमाडौ । पशु कल्याणको क्षेत्रमा काम गर्दै आएको एक गैरसरकारी संस्था एनीमल नेपालले गत शनिबार गोकर्णेश्वरमा रहेको गाइमार्फमा भएको आगलागीको छानविन गर्न सरकारसँग माग गरेको छ ।

आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन र गोठ निर्माणको मापदण्ड तोक्न छानविन समिति बनाउनु पर्ने सरकारसँग माग गरेको हो ।

एनीमल नेपालले गोठ व्यवस्थापनमा भएको कमजोरीले त्यति धेरै क्षति पुगेको भन्दै अब निर्माण हुने र भएको गोठ व्यवस्थापनको न्यूनतम मापदण्ड तोक्नुपर्नेमा जोड दिएको हो ।

त्यस्तो मापदण्ड बनाउनका लागि पनि उक्त घटनाको छानविन गर्न एनीमल नेपालले सरकारको ध्यानाकर्षण गराएको हो ।

आगलागी भएको ठाउँ पहिले कुखुराको खोर रहेको र त्यसको स्तरउन्नती भइरहेका बेला आगलागी भएर क्षति भएको थियो ।

एनीमल नेपालले घटना लगत्तै पशु चिकित्सकको एक टोलीलाई घटनास्थलमा खटाएर घाइते गाईहरुको उपचार गरिरहेको जनाएको छ ।

उक्त आगलागीमा परी अहिलेसम्म ८२ गाई मरिसकेका छन् । ४१ गाई घाइते भएका छन् । घाइतेमध्ये २७ गाई धेरै पोलिएका छन् । बाँकी गाई कम मात्रामा पोलिएका छन् ।

उक्त आगलागीबाट १० टन दाना, एक थान जेनेटर र फार्ममा क्षति भएको छ । उक्त मार्फमा ७५ वटा दुहुनो गाई, २२ वटा व्याउने गाई र बाच्छाबाच्छी गरी जम्मा एक सय २२ वटा गाई रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment