+
+
Shares

प्याराग्लाइडिङ दुर्घटनामा एकको मृत्यु

सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७४ असार ५ गते २०:४०
फाइल तस्वीर

५ असार, पोखरा ।  पोखराको आकाशमा सोमबार प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

प्याराग्लाईडिङ सिक्ने क्रममा दुर्घटना हुँदा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३३ मा घर भएका २७ वर्षीय प्रभात सुवेदीको ज्यान गएको हो ।

ब्लू स्काई प्याराग्लाइडिङका विद्यार्थी सुवेदी प्याराग्लाईडिङ उडान गर्ने क्रममा फेवातालमा खसेका थिए ।

उनी रेस्क्यू डेभलपमेन्ट ट्रेनिङमा सहभागी भई उडान गर्ने क्रममा फेवातालमा खसेको र डुबेर मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

तालमा डुवेका सुवेदीलाई तत्कालै उद्दार गरी पोखराको मेट्रोसिटी अस्पतालमा ल्याएपनि उनलाई चिकित्सकले मृतक घोषित गरेका थिए ।

मृतक सुवेदीको शव पश्चिमाञ्चल अस्पतालमा राखिएको छ । शव पोष्टमार्टम पछि आफन्तलाई बुझाईने कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?