Comments Add Comment

‘मलाई ‘मिसेस आयुष्मान’ भनेकाे सुन्दा खुशी लाग्छ’: प्रियंका कार्की

आयुष्मान मेरै छोरा जस्तोः रक्षा, प्रियंकाको झन् बढी माया लाग्छः रविना


२ दिन अगाडि आयोजित एक अवार्ड समारोहमा प्रेम जोडी नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले सार्वजनिक रुपमै चुम्बन गरेपछि यो बिषय ‘टक अफ दि टाउन’ बनेको छ । जुन दिनदेखि प्रियंका र आयुष्मानको प्रेम चर्चा मिडियामा सार्वजनिक भयो, त्यस दिनदेखि यी दुइको बिषयमा विभिन्न खालका गसिप सार्वजनिक भैरहेका छन् । कतिपयले यी दुइको प्रेम खासै लामो समय नटिक्ने त कसैले केटाकेटी प्रेम भनेर चर्चा पनि गराइरहेका छन् ।

बजारमा जे जस्तो गसिप आएपनि यो जोडी एकसाथ जीन्दगीको यात्रामा अगाडि बढ्ने योजना बुनिरहेको छ । अर्कोतिर, यो जोडीको परिवारले यी दुइको प्रेमलाई स्विकार गरेको छ या छैन होला, यो पनि आम दर्शक र मिडियाका लागि कौतुहलताको बिषय बनेको छ ।

आज, नायिका कार्कीकी आमा रक्षा मन्होत्राको जन्मदिन हो । नायिकाकी आमाको जन्मदिनका क्रममा, हामीले परिवारको धारणा र सोचाई बुझ्ने प्रयास गर्‍यौ । हामीले, सो सेलिव्रेशन कार्यक्रममा प्रियंकाकी आमा रक्षाको साथमा आयुष्मानकी आमा रविना देशराजलाई एकसाथ भेट्यौ र रमाइलो कुराकानी गरेका छौ ।

प्रियंका, आयुष्मान, रक्षा र रविनासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः


कुरा सुरु, चुम्बनकै चर्चाबाट भयो । आयुष्मानले सामान्य रुपमा आफूहरुले दुबैको खुशीमा प्रेम व्यक्त गरेको बताए । तर, मिडियामा यसलाई नकारात्मक रुपमा प्रस्तुत गरिएको आयुष्मानको वुझाई छ । प्रियंका अझै पनि यो बिषयमा कुरा गर्नुपर्दा, स्पष्टिकरण दिनुपर्दा आफूलाई दुःख लागेको बताउँछिन् ।

तपाइले प्रियंका र आयुष्मानको प्रेम भएको कसरी थाहा पाउनुभयो, रविनालाई हामीले यो प्रश्न गर्‍यौ । उनले भनिन्-‘संसारले थाहा पाउनु भन्दा पहिला ।’ आयुष्मान र प्रियंकाको प्रेमको खबर सुन्दा आफू निकै खुशी भएको रविनाले बताइन् । प्रियंका र रविनाको सम्बन्ध पहिलेदेखि नै राम्रो थियो । रविना अहिले प्रियंकाको माया झन् बढी लाग्न थालेको बताउँछिन् ।
यता, प्रियंकाकी आमा रक्षा पनि सम्बन्धमा खुशी छिन् । उनले भनिन्-‘मलाई त आयुष्मान आफ्नै छोरा जस्तो लाग्छ । मेरो छोरा विदेशमा छ । उसको बोलीचाली, शैली जस्तो छ, सायद प्रियंकाले उ जस्तो केटा नै पाउँदिन होला ।’

प्रियंका र आयुष्मानको बिहेको बिषयमा रविना र रक्षाको सोचाई एउटै छ । दुबै जना यूवा भएकाले निर्णय आफै गर्न सक्ने यी दुई बताउँछन् । तर, दुबैको चाहना बिहे होस् भन्ने छ ।

कुराकानीका क्रममा, आयुष्मानले आफ्नी आमा रविनाको पनि बिहे होस् भन्ने चाहना राखिन् । यसमा, रविनाले सहमति जनाइन् । रविनाले त प्रियंकाकी आमा रक्षा र आफू सिंगल भएकाले राम्रो जीवनसाथी पाइयोस् भनेर कामना गरिन् ।
विशेषगरि, प्रियंकाकी आमा रक्षाको आक्रोश मिडियाप्रति पनि छ । मिडियामा आउने गसिपले कसैको जीवनमा धेरै असर पर्ने भन्दै उनले पित पत्रकारिता नगर्न मिडियासँग आग्रह गरिन् ।

बजारमा जे जस्ता गसिप सार्वजनिक भएपनि, प्रियंका र आयुष्मान प्रेममा निकै खुशी देखिएका छन् । र, उनीहरुको प्रेम र बिहेको निर्णयमा परिवार पूर्ण सहमत देखिएको छ ।

तस्बिर तथा भिडियोः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment