+
+
Shares

अनौठो राजनीतिः आमाछोरी एउटै पदमा भिड्दै !

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ६ गते ६:०१

६ असार, काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि खोटाङमा फरक पार्टीबाट एउटै पदमा आमाछोरी चुनावी मैदानमा उत्रिएका छन् ।

बराहपोखरी गाउँपालिका–३ साउनेचौरमा दलि महिला सदस्य पदमा आमा मनमाया बिक र छोरी अनिता विकले मनोनयन दर्ता गराएका छन् । साविकको साउनेचौर–५ की आमा मनमायाले नेपाली कांग्रेस र छोरी अनितालाई नेकपा माओवादी केन्द्रले वडा सदस्यमा टिकट दिएको नागरिकले लेखेको छ ।

अनिताको विवाहपछि पुगेको घर परिवार माओवादी समर्थक रहेका कारण उनलाई परिवारले माओवादी केन्द्रका तर्फबाट दलित महिला सदस्य पदमा उठाएको हो । टिकट पाएका आमाछोरी अहिले आफ्नो जितका लागि चुनावी प्रचार प्रसारमा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?