Comments Add Comment

निर्वाचन कार्यक्रमः उम्मेदवारी फिर्ता र चुनाव चिह्न वितरण आज

६ असार, काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय निर्वाचनमा उम्मेदवारी दर्ता गराएकालाई  आज उम्मेदवारी फिर्ताको समय दिएको छ । आयोगले उम्मेदवारलाई आजै निर्वाचन चिह्नसमेत प्रदान गर्दैछ ।

असार ४ गते उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुलाई बिहान ८ बजेदेखि ११ बजेसम्मको समय दिएर आयोगले उम्मेदवारी फिर्ताको अवसर दिएको हो । मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारी फिर्ता लिने व्यवस्था आयोगले मिलाएको छ ।

बिहान ११ बजेदेखि ११ः३० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका निर्वाचन आयोगको छ । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई आजै बिहान ११ः३० बजेदेखि अपराह्न ६ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगका सहसचिव एवं प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

दोस्रो चरण अन्तर्गत हुन गइरहेको स्थानीय निर्वाचन प्रदेश नं १, ५ र ७ का ३३४ स्थानीय तहमा यही असार १४ गते हुँदैछ । प्रदेश नंम्बर २ को निर्वाचन भने असोज २ का लागि सारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment