Comments Add Comment

ताप्लेजुङमा तीन गुणा बढी उम्मेदवारी दर्ता

असार ६, ताप्लेजुङ । दोस्रो चरणअन्तर्गत जिल्लामा हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि झन्डै तीन गुणा बढी उम्मेदवारी परेको छ । विभिन्न ३ सय २३ पदका लागि हुन गइरहेको निर्वाचनका लागि १ हजार २४ जनाको उम्मेदवारी जिल्लामा परेको हो ।

एक नगरपालिका सहित ९ स्थानीय तह रहेको ताप्लेजुङमा ९ प्रमुख/उपप्रमुख, ६१ वडाध्यक्ष, ६१ महिला तथा दलित सदस्य र १ सय २२ खुल्ला सदस्य पदका लागि निर्वाचन हुँदैछ । यी पदका लागि झन्डै ३ गुणा बढी उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार, प्रमुखमा ३७, उपप्रमुख ३६, वडाध्यक्ष २१०, महिला सदस्यमा १८२, दलित सदस्यमा १५५ र खुल्ला सदस्यमा ४०४ जनाको उम्मेदवारी परेको छ ।

मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार ६१ महिला सदस्यका लागि १ सय ९२ जना तथा उतिनै संख्यामा चाहिने दलित महिला सदस्यका लागि १ सय ५५ जनाको उम्मेदारी दर्ता भएको छ ।

जिल्लाको एकमात्रै फुङलिङ नगरपालिकामा मेयर पदमा कांग्रेस र माओवादी गठबन्धनबाट केशवप्रसाद दाहाल, एमालेबाट छत्रपति प्याकुरेल, नयाँ शक्ति, फोरम, सघीय लिम्बूवान मञ्च र राष्ट्रिय जनमुक्ति पाटीको संयुक्त गठबन्धनबाट कीर्तिमान मादेन खडा भएका छन् । मंगोल नेशनल अर्गनाइजेसनका छबिन्द्र गुरुङ र पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीका खगेन्द्र पोर्तेलको उम्मेदवारी परेको छ ।

उपमेयरमा एमालेका विमला सुब्बा, माओवादी केन्द्रका वमबहादुर भट्टराई, राप्रपाका अमिर मादेन र चारदलीय गठबन्धनबाट कृष्णबहादुर शङ्करको उम्मेदवारी परेको छ । फुङ्लिङ नगरपालिका ११ वटा वडामा ४३ जनाको उम्मेदवारी परेको छ भने ११ जना महिला सदस्यका लागि ३३ र उति नै दलित महिला सदस्यका लागि ३७ जनाको उम्मेदवारी परेको छ ।

२२ खुल्ला सदस्यका लागि ८० जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

फक्ताङ्लुङ गाउँपालिकामा ७ वडाध्यक्षका लागि २६ जनाले मनोनयन दर्ता गरेका छन् । ७–७ जना चाहिने महिला तथा दलित महिला सदस्यका लागि क्रमशः २३ र १२ जनाको उम्मेदवारी पर्दा १४ जनाको खुल्ला सदस्यमा ४८ जनाको उम्मेदवारी परेको छ ।

यो गाउँपालिकामा अध्यक्षका लागि कांग्रेसका मणिप्रसाद लाबुङ, एमालेका सरोज एभेङ, माओवादी केन्द्रका लक्ष्मीप्रसाद अन्छङ्वो, राप्रपाका टीकामाया लिम्बू, जनमुक्तिका मोतीबहादुर तुम्बाहाम्फे र नयाँ शक्तिका श्रीप्रसाद लिम्बू गरी ६ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा कांग्रेसका युडेन शेर्पा, एमालेका फुलमाया लिम्बू, माओवादीका रीता लिम्बू, जनमुक्तिका सीताकुमारी लिम्बू, राप्रपाका नबिन मावोहाङ र नयाँ शक्तिका साबित्रा बिष्टको उम्मेदवारी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment