Comments Add Comment

योग गर्नुअघि ख्याल गर्नैपर्ने ९ कुरा

स्वस्थ्य शरीर, मस्तिष्क र आत्माको लागि योग एकदमै फाइदाजनक हुन्छ । तर, योग गर्दा केहि सावधानी अपनाउनु पर्छ । योग गर्दा केहि नियम अनिवार्य पालना गर्नुपर्छ । उक्त नियम पालना नगर्दा योगबाट फाइदा होइन, बेफाइदा हुनसक्छ ।

१. योग गर्नसाथ तुरुन्तै नुहाउनु हुँदैन । योग गर्दा शारीरिक तापमान बढ्छ । त्यसैले योग गरेको एक घण्टापछि मात्र नुहाउनु पर्छ । नभए, रुँघा, खोकी जस्ता समस्या आउन सक्छ ।

२. योग गरिरहेको समयमा बाथरुममा जानु उचित हुँदैन । बरु, आफ्नो शरीरको पानी पसिनाको माध्यामबाट बाहिर निकाल्नु पर्छ ।

३. योग गरिरहेको बेला शरीर तातो हुन्छ । यतिबेला चिसो पानी पिउनु लाभदायक हुँदैन । चिसो पानीले एलर्जी, खोकी लाग्ने संभावना हुन्छ ।

४. वज्रासन बाहेक अन्य कुनैपनि योग खाना खानसाथ गर्नुहुन्न । खाना खाएको कम्तिमा पनि तीन घण्टाको अन्तरालमा योग गर्नु सहि हुन्छ । सबैभन्दा राम्रो त बिहान खाली पेटमा योग गर्नु हो ।

५. योग कठिन आसनबाट सुरु गर्नु हुँदैन । सरलबाट कठिनतिर जानुपर्छ ।

६. जब तपाई बिमार हुनुहुन्छ भने योग नगर्नुहोस् । यदि योग गर्न चाहनुहुन्छ भने योग गुरु वा चिकित्सकको परामर्श लिनुहोस् ।

७. योग गर्नुअघि थोरै वार्मअप गर्नुहोस् । यसपछि प्राणायाम र त्यसपछि योग गरौं । अन्त्यमा शवासन जरुर गरौं ।

८. योग गुरुको सल्लाह वा निगरानी बिना जथाभावी योग गर्नु हुँदैन । किताब पढेर वा सिडीमा हेरेर योग गर्दा समस्या हुनसक्छ । अर्काको देखासेखी पनि योग नगरौ ।

९. कम्मर, मांशपेशी वा घुँडासँग सम्बन्धित कुनै समस्या छ भने योग गर्नुअघि विज्ञसँग सल्लाह लिनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment