Comments Add Comment

दोस्रो चरणको चुनावमा २० हजार बढी सशस्त्र प्रहरी खटिए

फाइल तस्वीर

६ असार, काठमाडौं । दोस्रो चरणको स्थानीय चुनावको सुरक्षार्थ २० हजार बढी शस्त्र प्रहरी खटिएका छन् ।

चुनावमा २० हजार ६ सय १५ सशस्त्र प्रहरी खटिएको सशस्त्र प्रहरीले जनाएको छ । निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि खटिएका मध्ये १ नम्बर प्रदेशको १४ जिल्लामा ७ हजार ६ सय ६२ जना सशस्त्र प्रहरी कर्मचारीहरु खटिएका छन् ।

५ नम्बर प्रदेशको १२ जिल्लामा ७ हजार ७ सय ९१ जना तथा ७ नम्बर प्रदेशको ९ जिल्लामा ३ हजार ७ सय ८८ जना खटिएका छन् ।

यसैगरी मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको सुरक्षाका लागि ३ सय ३४ वटै स्थानीय निकायमा एपीएफ टोली खटिइसकेको छ भने फिल्डमा खटिने एपीएफ टोलीको अतिरिक्त मोवाइल, स्ट्राइकिङ्ग र रजिर्भ टोलीमा विभाजन गरी सशस्त्र प्रहरी कर्मचारीहरु सम्बन्धित ठाँउमा खटिएका छन् ।

चुनावी सुरक्षामा खटिएका सशस्त्रका कर्मचारीबीच समन्वय, अनुगमन तथा निरीक्षण निर्देशनका लागि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक प्रकाश ओझा, शैलेन्द्र खनाल, पुष्पराम के.सी. र रामशरण पौडेल खटिएका छन् । उनीहरुले स्थलगत अनुगमन गर्नुकासाथै कुनै त्रुटि देखिएमा तत्काल सुधारका लागि फिल्डमै निर्देशन दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment