Comments Add Comment

सबै शीर्ष नेता निर्वाचनमा, को कहाँ खटिए ?

७ असार, काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा शीर्ष नेताहरुले सक्रियता बढाएका छन् । कांग्रेसदेखि एमाले, माओवादी, राप्रपालगायतका दल अहिले आफ्नो पक्षमा माहोल बनाउन विभिन्न जिल्लामा सक्रिय रहेको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा गृहजिल्ला डडेल्धुराबाट भोट हाल्दै छन् । पुर्खौली घर डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित असिग्राम उमाविमा उनले भोट हाल्ने उनका स्वकीय सचिव भानु देउवाले बताए ।

कांग्रेस –

-प्रधानमन्त्री देउवा ६ दिन काठमाडौंबाहिर

– रामचन्द्र पौडेल नवलपरासी, रुपन्देही र कपिलवस्तुको प्रचारमा जाने

-महामन्त्री शशांक कोइराला अमेरिकातिर

-कोषाध्यक्ष सीतादेवी यादव तराईमै व्यस्त

तीन प्रदेशमा हुने निर्वाचनको प्रचारका लागि एमालेका शीर्ष नेताहरू जिल्ला खटिएका छन् । केन्द्रीय प्रचार विभागका अनुसार शीर्ष नेताहरू अहिले पनि जिल्लामै छन् । अध्यक्ष केपी ओलीदेखि, वरिष्ठ नेताद्वय, उपाध्यक्षहरू, महासचिव, उपमहासचिव, सचिवदेखि स्थायी समिति सदस्यसम्मका नेता प्रचारमा खटिएको एमालेले जनाएको छ ।

एमाले नेता को–कहाँ ?

-अध्यक्ष केपी ओली झापा

-झलनाथ खनाल-सुवास नेम्वाङ इलाम

-माधवकुमार नेपाल सम्पर्क मञ्चको कार्यक्रम

-उपाध्यक्ष वामदेव गौतम प्युठान

माओवादीको बलियो पकड मानिएको रोल्पामा आधा दर्जन केन्द्रीय नेता परिचालन भएका छन् । नेता वर्षमान पुनलाई रोल्पा नगरपालिका र माडी गाउँपालिका, कुलप्रसाद केसी सोनामलाई रुन्टीगढी गाउँपालिका र त्रिवेणी गाउँपालिका, जोगबहादुर महरालाई सुवर्णवती गाउँपालिका र लुंग्री गाउँपालिका, झक्कु सुवेदीलाई थवाङ गाउँपालिका, जयपुरी घर्तीलाई दुईखोली गाउँपालिका, दीपेन्द्र पुन सिजललाई सुकिदह गाउँपालिका र मानबहादुर बूढालाई सुनछहरी गाउँपालिकाको नेतृत्व गर्ने गरी जिम्मेवारी तोकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment