Comments Add Comment

भेडापालनमा रमाउँदै जनयुद्धका कमान्डर

७ असार, काठमाडौं । बुङगल नगरपालिका–२ का शंकर धामी भेडापालन गरेरै राम्रो आम्दानी गर्दै आएका छन् । शंकर मात्रै होइन, गाउँकै किशेर धामी र कमल धामी पनि यो व्यवसायमा सक्रिय छन् । हिमाली क्षेत्रमा भारी बोक्न, ऊन र मासुका लागि भेडाबाख्राको प्रयोग हुन्छ । हिउँदेयाममा बेसी र वर्षायाममा लेकतिर लाग्नु उनीहरुको दैनिकी हो ।

०५९ सालमा कक्षा ७ मा पढ्दै गर्दा तत्कालीन नेकपा माओवादीको सशस्त्र संघर्षमा लागेका उनीहरु अहिले भेडापालन गरेर वार्षिक ३ देखि ५ लाख रुपैयाँ आम्दानी गरिरहेको खबर आजको कारोबार दैनिकले लेखेको छ ।

माओवादीको सशस्त्र युद्धमा लागेका कमल धामीले कम्पनी कमान्ड र शंकर धामीले प्लाटुन कमान्डरको जिम्मेवारीसमेत सम्हालेका थिए । किशोर धामी भने लडाकु थिए । उनीहरुसँग जनयुद्धको समयमा धेरै ठाउँमा युद्ध लडेको तीतो अनुभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment