बलिउड अभिनेत्री दीपिका पादुकोणको सुन्दरता र फिटनेशको राज के हो भन्दा यस्तो जवाफ पाइन्छ । उनको मिहेनत, स्वस्थ्य अहार, अनुशासित जीवन । कौतुहलता जाग्नु स्वभाविक हो, उनी के खान्छिन्, कति खान्छिन्, कसरी व्यायाम गर्छिन्, योग, ध्यानमा कति रुची राख्छिन् ?
यस्तो छ फिटनेस राज
दीपिका स्वंमलाई फिट एन्ड फाइन राख्नका लागि आफ्नो आहार र व्यायाममा एकदमै ध्यान दिन्छिन् । उनी ताजा र स्वस्थ्य अहार लिन रुचाउँछिन् । जंकफूड, मसलेदार र तेलमा भुटेको खानेकुरा पटक्कै खादिनन् । यसकै नतिजा हो, उनको स्वास्थ्य र सौन्दर्य ।
दीपिकाको आहार योजना
नास्ता- दुई वटा अन्डा, कम फ्याट भएको दुध, इडली र डोसा ।
मध्यन्हको खाना- चिया, ग्रिल्ड माछा र ताजा सब्जी
साँझको खाना- नट्स (बदाम लगायत), फिल्टर कफी
रातको खाना- चिया, सब्जी र सलाद
उनी हरेक दुई घण्टामा ताजा फल सेवन गर्छिन् । साथै प्राकृतिक ताजा रस वा नरिवल पानी पिउन रुचाउँछिन् । दीपिका राती ननभेज खानेकुरा खादिनन् । उनलाई डार्क चकलेट धेरै मन पर्छ, जो स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।
दीपिकाको फिटनेस फर्मुला
दीपिका बिहान ६ बजे उठ्छिन् । फ्रेस भइसकेपछि उनी जगिङ गरेर योग गर्छिन् । त्यसपछि हात मुक्त व्यायाम गर्छिन् । उनलाई योग एकदमै मनपर्छ । हरेक विहान योग गरेकै हुन्छिन् । उनी अनेकन आसन गर्न पोख्त छिन् । दीपिका योग सत्रमा सूर्य नमस्कार, मार्जरी आसन, सर्वागासन, बीरभद्र आसन, गहिरो सास लिने प्राणायाम र ध्यान गर्छिन् ।
यद्यपी दीपिका दौडन रुचाउँदिनन् । बरु, योग सकिएपछि बिहान आधा घण्टा हिँडडुल गर्छिन् ।
दीपिका जिम जान्छिन् । तर, दैनिक रुपमा जिम जाने बानी भने छैन । यसको बदलामा उनी पिलेट्स र हात मुक्त व्यायाममा समय व्यातित गर्छिन् । पिलेट्स र स्ट्रेचिङ व्यायाममा कुनै उपकरणको आवश्यक्ता हुँदैन । यसले शरीर लचिलो हुन्छ ।
दीपिकाको फिटनेस मन्त्र
– दीपिकाको फिटनेस मन्त्र हो, ‘फिटनेसलाई आफ्नो जीवनको हिस्सा बनाउनुहोस् ।’
– ताजा, स्वस्थ्य र पोषक तत्वले समृद्ध खाद्य पदार्थ सेवन गरौ ।
– फिटनेसको मतलव स्किनी वा स्लिम हुन मात्र होइन, वास्तवमा यसको अर्थ भित्रैबाट स्वस्थ्य हुनु हो ।
– कसरतले तपाईलाई फिट र स्वस्थ्य राख्छ । यसलाई तपाईको दैनिक दिनचर्याको अभिन्न अंग बनाउनु पर्छ ।
– यदि तपाई जिम जान सक्नुहुन्न भने नृत्यको माध्यामबाट अतिरिक्त क्यालोरी खर्च गर्नुहोस् ।
– सन्तुलित आहार र पर्याप्त निन्द्रका साथ साथ पानी पनि पर्याप्त पिउनुपर्छ । यसले सुगठित र सुन्दर शरीर प्राप्त हुन्छ ।
प्रतिक्रिया 4