Comments Add Comment

‘रुदानेः विद्रोहको नेपाली नाम’ फिल्मको फष्टलुक यस्तो बन्यो

दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको १८ औ स्मृति दिवसको अबसर पारेर वुधबार रुपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्र ‘रुदाने:विद्रोहको नेपाली नाम’ को फष्ट लुक सार्वजनिक गरिएको छ ।

चलचित्रमा रुपचन्द्र विष्टको सिङ्गो जीवन र थाहा दर्शनका विविध पाटाहरु समेटिएका छन् । रुदानेलाई अमितकिसोर सुवेदी रविकास ढकालले संयुक्त लेखन तथा निर्देशन गरेका हुन् । दावनल क्रियसनले थाहा यात्रासँगको सहकार्यमा निर्माण गरेको चलचित्रका निमार्ता जागृत रायमाझी हुन् ।

चलचित्रमा रुपचन्द्र विष्टको भूमिकामा दिब्यदेबले अभिनय गरेका छन् । त्यसैगरि चलचित्रमा नम्रता श्रेष्ठ,रवि गिरि , सुभाष गजुरेल, अमर सुवेदी लगायतका एक सय भन्दा बढि कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रमा सान्ता राओको छायांकन , निमेष श्रेष्ठको सम्पादन र जेशन कुँवरको संगित छ ।

निर्देशकद्वयले चार वर्ष सम्म रुचपन्द्र विष्ट माथि गहिरो अध्ययन अनुसन्धान गरि यो चलचित्र तयार पारेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment