+
+
Shares

बैतडीका दलले महिलालाई पत्याएनन्, प्रमुख पदका उम्मेदवार सबै पुरुष

रासस रासस
२०७४ असार ८ गते ८:२५

८ असार, बैतडी । बैतडीमा प्रमुख पदमा कुनै पनि महिलाको उम्मेदवारी परेको छैन । बैतडीका १० वटा स्थानीय तहमा प्रमुख पदका लागि महिलाको उम्मेदवारी शून्य रहेको हो ।

स्थानीय तहको निर्वाचनको चर्चा सुरु भएसँगै राजनीतिक दल भित्रका केही महिला नेत्रीले प्रमुख पदमा दाबी गरे पनि कुनै पार्टीले पनि महिलालाई प्रमुख पद दिन आँट गरेनन् ।

जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार चारवटा नगरपालिका र ६ गाउँपालिकामा प्रमुख पदमा महिलाको उम्मेदवारी परेको छैन ।

पितृसत्तात्मक समाजका कारण महिलालाई प्रमुख पद दिनमा राजनीतिक दलले आनाकानी गरेको अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष पार्वती भट्टले बताइन् । महिलासँग क्षमता नै छैन भन्ने गलत हल्ला फैलाएर महिलालाई नेतृत्व दिन राजनीतिक दल हिच्किचाएको भट्टले बताइन् ।

प्रमुख पदमा एकजना महिलाको पनि उम्मेदवारी नपर्नु निकै दुःखको कुरा भएको नेपाली कांग्रेसबाट पाटन नगरपालिकामा उपप्रमुख पदकी उम्मेदवार सरस्वती कोलीले बताइएन् ।

पुरुषभन्दा महिला मतदाता बढी भएको बैतडीमा प्रमुख पदमा महिलाको उम्मेदवारी नपर्नु महिलालाई अझै कमजोर बनाउने खेलको शृङ्खला भएको नेपाल महिला सङ्घकी देवु ठगुन्नाले बताइन् ।

सोचे जति महिलाको राजनीतिमा पहुँच नभएकाले महिलाको प्रमुख पदमा उम्मेदवारी नपरेको हुन सक्ने महिलाको क्षेत्रमा काम गरिरहेको संस्था संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताइन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?