Comments Add Comment

‘प्रेमगीत २’ ट्रेलरमा ‘लाइक’ भन्दा ‘डीसलाइक’ धेरै, कारण के ?


साढे ४ लाख भन्दा बढी पटक हेरिएको र नेपालको ट्रेन्डिङको दोश्रो स्थानमा रहेको चलचित्र ‘प्रेमगीत २’को ट्रेलरलाई मन पराउने भन्दा मन नपराउनेको संख्या धेरै देखिएको छ ।

यो समाचार तयार पार्दासम्म चलचित्रको ट्रेलरमा १४ हजार बढीले लाइक गरेका छन् भने १६ हजार बढीले डीसलाइक गरेका छन् । राम्रो समिक्षा पाइरहेको यो ट्रेलरमा डीसलाइक धेरै आएपछि यसको निर्माणपक्षले अहिले यसको जवाफ दिइरहेको छ ।

निर्माता सन्तोष सेनका अनुसार नेपालीहरु कम बस्ने देशबाट बढी डीसलाइक गरिएको छ । चिलि, कोलम्बो, पेरु लगायतका देशबाट सबैभन्दा धेरै डीसलाइक गरिएको छ । अमेरिकाबाट पनि लाइक भन्दा बढी डीसलाइक गरिएको छ ।

निर्माता सेनले पैसा नै खर्च गरेरे नेपालीहरु कम बस्ने देशबाट डीसलाइक गरिएको दाबी गरेका छन् । उनले आफूहरुले यस बिषयमा अझै अनुसन्धान गरिरहेको पनि बताए ।

हुनत, पछिल्लो समयमा नेपाली चलचित्रका ट्रेलर वा गीतलाई पैसा लिएर नै लाइक बढाइदिने वा डीसलाइक बढाइदिने समूह अहिले सक्रिय रहेको चर्चा चल्न थालेको छ ।

साउन १३ गतेबाट रिलिज हुन लागेको यो चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । प्रदिप खड्का र अश्लेषा ठकुरी चलचित्रको मुख्य भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment