Comments Add Comment

गोरखाको रत्नराज्य माविलाइ २७ थान कम्प्युटर सहयोग

९ असार, गोरखा । भूकम्पपश्चात कम्प्युटरको प्रयोगात्मक कक्षा संचलान गर्न नसकेको गोरखा नगरपालिका वडा नम्वर १० बिरेन्चोकको रत्नराज्य माध्यामिक बिद्यालयलले २७ थान कम्प्युटर सहयोग पाएको छ ।

भूकम्प आगाडि बिद्यालयमा सात वटा कम्प्युटर रहेपनि भूकम्पले सबै कम्प्युटरमा क्षति पुर्‍याएको बिद्यालयका प्रधानाध्यापक ध्रुव कुमार श्रेष्ठले बताए ।

‘कक्षा ६, ७, र ८ मा कम्प्युटरको कोर्ष अनिवार्य छ,’ श्रेष्ठले भने ‘भूकम्पले कम्प्युटर बिगि्रएपछि त्यस यता प्रयोगात्मक कक्षा संचालन गर्न सकेका थिएनौ ।’

अबका दिनमा भने नियमित कक्षा संचालन हुने उनले बताए । कम्प्युटर उपलब्ध भएसँगै बिद्यालयको शिक्षण थप प्रभावकारी हुने बिद्यालयले जनाएको छ ।

बेलायतमा रहेका नेपालीहरुद्धारा संचालित मेरो नेपाल नामक संस्थाले बिद्यालयलाइ उक्त कम्प्युटर सहयोग गरेको हो ।

६ लाख मूल्य बराबरको उक्त कम्प्युटरहरु बिहीवार बिद्यालयमा एक कार्यक्रमकाबीच संस्थाका सल्लाहकार जीवन ओलीले बिद्यालयका प्रधानाध्यापक ध्रुव कुमार श्रेष्ठलाइ हस्तान्तरण गरे ।

त्यस्तै संस्थाले करिव एक लाख मूल्य बराबरको कम्प्युटर ल्यावका लागि आवश्यक फर्निचर पनि सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment