Comments Add Comment

भैरहवा माओवादीले भन्यो- हाम्रो कुनै दलसँग तालमेल भएको छैन

१० असार, भैरहवा । नेकपा माओवादी केन्द्रको सिद्धार्थनगर -भैरहवा) समितिले आफूहरुको कुनै दलसँग चुनावी तालमेल नभएको बताएको छ ।

शनिबार माओवादी केन्द्रले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरेर भैरहवामा आफ्नो दल कुनै दलसगँ चुनावी तालमेल नभएको बताएको हो । केन्द्रको सिद्धार्थनगर नगरपालिकाको इन्चार्ज अनुप बरालले माओवादी केन्द्रले अन्य दलसँग चुनावी तालमेल गरेर प्रतिस्पर्धा उत्रिएको भन्ने स्थानीय स्तरमा भ्रम छरिएको बताए ।

‘केन्द्रले अन्य दलसँग तालमेल गरेर चुनावमा उत्रिएको भन्ने स्थानिय स्तरमा भ्रम छरिएको रहेछ’ उनले भने, ‘यो सत्य होइन । हाम्रो दलले सिद्धार्थनगर नगरपालिकामा कुनै दलसगँ पनि तालमेल गरेको छैन । हामीले एकल रुपमा चुनावी मैदानमा छौं ।’

पत्रकार सम्मेलनमा केन्द्रको सिद्धार्थनगरका मेयर पदको उम्मेदवार फैज अहमद खाँ र उपमेयर पदकी उम्मेदवार कमला थापाले आफुहरु विजयी भए नगरवासीसँग गरिएको प्रतिवद्धता र उनीहरुको सुझाव सल्लाह अनुसार आफूहरुले काम गर्ने तथा सिद्धार्थनगरलाई देशकै नमुना नगरको रुपमा विकास गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment