नेपाली चलचित्र क्षेत्रमा ‘प्रेमगीत २’बाट नायिका अश्लेषा ठकुरीको प्रवेश हुँदैछ । साउन १३ गतेबाट देशभरका हलमा रिलिज हुने यो चलचित्रलाई लिएर अश्लेषा आफू उत्साहित भएको बताउँछिन् ।
सन्तोष सेनको निर्माणमा रामशरण पाठकले निर्देशन गरेको चलचित्रले अहिले राम्रै चर्चा पाइरहेको छ । अश्लेषाको कामलाई पनि विभिन्न कोणबाट प्रतिक्रिया मिलिरहेको छ । नायिका आफू दर्शकले दिएको प्रतिक्रियाबाट उत्साहित भएको बताउँछिन् ।
प्रदिप खड्कासँग जोडी बाँधेकी यी नायिकाले नेपाली चलचित्र बजारमा कुन खालको स्थान जमाउने हुन्, धेरैको प्रतिक्षाको बिषय बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4