+
+
Shares

विप्लव समूहको दाबीः उम्मेदवार आफैंले बम राख्छन्, अनि प्रहरी बोलाउँछन् !

बम राख्ने हाम्रो पार्टीको नीति छैन– धर्मेन्द्र बास्तोला

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १३ गते ९:१४

१३ असार, काठमाडौं । स्थानीय तहको चुनाव बहिस्कार गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवारका घर–घरमा बम राख्ने आफुनो पार्टीको नीति नरहेको स्पष्ट पारेको छ ।

विभिन्न दलका उम्मेदवारहरुले आफैं घर नजिकै बम राख्ने र प्रहरीलाई बोलाउने गरेको विप्लव समूहका नेताको आरोप छ ।

‘कुनै पनि उम्मदेवारका घरमा बम राख्ने हाम्रो पार्टीको नीति छैन,’ विप्लव समूहका केन्द्रीय नेता धर्मेन्द्र बास्तोलाले अनलाइनखबरसँग भने– ‘चुनाव लडेका उम्मदेवारहरुले नै मतदाताको सेन्टिमेन्ट बटुल्नका लागि आफ्नो घर अगाडि बम राख्छन् अनि प्रहरीलाई बोलाउँछन् । त्यसरी बम राख्ने हाम्रो नीति छैन ।’

चुनावलाई ‘खारेज गर्ने’ नीति लिएको सो पार्टीले उम्मदेवारको हत्या गर्ने वा बम प्रहार गरेर कसैलाई मार्ने नीति नलिएको बास्तोलाले दाबी गरे । उनले भने– ‘हामीले बम हान्ने वा चुनाव रोक्ने हैन, मास (जनता) लाई उठाएर मतपेटिका फाल्ने नीति लिएका छौं ।’

बास्तोलालाई हामीले सोध्यौं, तपाईं बम राख्ने पार्टीको नीति छैन भन्नुहुन्छ, तर धनगढीमा सोमबार रातिमात्रै आफैंले बोकेको बम आत्मघाती रुपमा बिस्फोट हुँदा चन्द्र सिंह भन्ने तपाईंका कार्यकर्ताको मृत्यु भएको छ, आखिर यो घटनाले त तपाईंहरुले नै बम बोकिरहेको पुष्टि गर्दैन र ?

जवाफमा उनले भने– ‘त्यो घटनाबारे हामीले बुझ्न पाएका छैनौं, विस्फोटमा मृत्यु हुने साथी हाम्रो पार्टीको हो कि हैन, पहिले बुझ्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?