+
+
Shares

मतदाता परिचय पत्र पाउनु भएन ? नागरिकता वा लाइसेन्स भए पनि बोक्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १३ गते १९:३६

१३ असार, काठमाडौं । दोस्रो चरणको निर्वाचन हुने तीन प्रदेशमा भोलि मतदान हुँदैछ । प्रदेश नम्बर १, ५ र ७ का ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदान गर्नेछन् ।

निर्वाचन आयोगले आज पनि मतदाता परिचय पत्र वितरण गरिरहेको छ । तर, मतदाता नामावलीमा नाम भएको तर, मतदाता परिचय पत्रले पनि मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले मतदाता परिचयपत्रका अतिरिक्त अन्य सरकारी कागजातलाई पनि मान्यता दिने निर्णय गरेको छ । ‘मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा निजको मताधिकार सुनिश्चित गर्न यो निर्णय लिएको हो’ आयोगले भनेको छ ।

आयोगका अनुसार फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्रका अतिरिक्त नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउनेछन् ।

यस्तै राहदानी, सवारीचालक अनुमतिपत्र (लाइलेन्स), जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको परिचयपत्र देखाएर पनि मतदान गर्न पाइनेछ ।

साथै मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा सानोतिनो भूलचुक मान्ने र नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?