Comments Add Comment

रोनाल्डोकी प्रेमिका गर्भवती, अक्टोबरमा ‘छोरी’ जन्माउने

क्रिस्टियानो रोनाल्डोकी गर्लफ्रेण्ड गोर्गिना रोड्रिगेजको उकासिएको भुँडीको विषयमा विभिन्न चर्चा-परिचर्चा चलिरहँदा उनी गर्भवती रहेको पुष्टि भएको छ । समाचारअनुसार उनले पाँच महिनाकी छोरी पेटमा हुर्काइरहेकी छिन् ।

यो जोडी बच्चाको योजनामा रहेको यसै महिनाको प्रारम्भमा खुलासा भएको थियो । उनीहरु आमाको पेटभित्र सम्भावित बच्चाको ‘लिंग’ परिक्षणका लागि डिएनए टेस्ट गर्ने एउटा क्लिनीकमा बारम्बार पुगेका थिए ।

डान्सरबाट मोडल बनेकी २३ वर्षीया गोर्गिनाले आगामी अक्टोबरको अन्त्यमा छोरीलाई जन्म दिनेछिन् जुन कुरा रोनाल्डोका परिवार र साथीहरुले थाहा पाइसकेका छन् ।

यो जोडीसँग नजिक एक स्रोतले एउटा पोर्चुगिज अखबारलाई भन्यो, ‘बच्चाको आगमनलाई लिएर उनीहरु औधि खुशी छन् । सबैले गोर्गिनाको तारिफ गर्छन् र यो सम्वन्धप्रति सबै जना सन्तुष्ट छन् ।’

गत महिना गोर्गिना र रोनाल्डो कोर्सिकामा होलिडे मनाइरहँदाको तस्बिर बाहिर आएपछि गोर्गिनाको भुँडीबारे आशंकाहरु गर्न थालिएका थिए । त्यसभन्दा एक हप्ता अगाडि रोनाल्डोले एउटा तस्बिर अनलाइनमा पोष्ट गरेका थिए, जसमा उनी एउटा हात गोर्गिनाको भुँडीमा राखेर सोफामा बसिरहेका देखिन्छन् ।

आधा स्पेनिस र आधा अर्जेन्टिनी गोर्गिनाले केही समयको अन्तरालपछि आफ्नो मोडलिङ करिअरलार्इ पुन सुरु गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment