Comments Add Comment

बझाङको छबिसपाथिभेरा मतगणना केन्द्रमा झडप, ५ घाइते

९ जना पक्राउ


१५ असार, काठमाडौं । बझाङको छबिसपाथिभेरा गाउँपालिका केन्द्रमा मतगणना शुरु हुने बेला बिहीबार विहान एमाले र माओवादी कार्यकर्ताबीच झडप हुँदा ५ जना घाइते भएका छन् ।

मतदान केन्द्र बाहिर आपसी बिबादमा घरेलु हतियार सहित झडप भएको प्रमुख जिल्ला अधिकारी केशबहादुर थापाले जानकारी दिए । उनका अनुसार झडपमा एमालेका २ कार्यकर्ता र २ जना म्यादी प्रहरी समेत घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याउदै गरिएको र आक्रमणमा संलग्न ९ जनालाई पक्राउ गरिएको प्रजिअ थापाले बताए । केही धारिला हतियार समेत बरामद भएका छन् ।

यसैबीच बझाङमै रहेका अनेरास्ववियुका महासचिव ऐन महरले माओवादी केन्द्रका समानुपातिक सांसद जनक बुढाको नेतृत्वमा लुकेर आक्रमण भएको दावी गरे ।

धारिलो हतियारबाट अनेरास्ववियुका नेता सागर भट्ट र सुवास भट्ट गम्भीर घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment