Comments Add Comment

नाक र कान छेडाएका आमिर छोयो कि चिच्याउँछन्

बलिउड अभिनेता आमिर खानको विचित्रको तस्बिर अहिले भारतीय मिडियाहरुमा आइरहेको छ । तस्बिरमा उनले लामो जूँगा पालेका छन् भने नाक र कान छेडेका छन् । उनले नाकमा टप र कानमा रिङ लगाएका छन् ।

आमिरलाई यो रुपमा देख्न पाइनेछ उनको आगामी फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ मा । हरेक फिल्ममा नयाँ नयाँ गेटअप धारण गर्ने आमिर खानले यो फिल्ममा पनि त्यस्तै गरेका छन् ।

यो उमेरमा आएर नाक र कान छेडाउनु अमिरका लागि निकै कष्टप्रद रह्यो । उनी दुखाईले झण्डै रोएका थिए । अहिले पनि कसैले नाक वा कानमा छोयो भने उनलाई असैह्य पिडा हुन्छ र चिच्याउँछन् । दुखाईले गर्दा उनी राति पनि राम्रोसँग निदाउन सक्दैनन् ।

यो फिल्ममा पहिलोपटक आमिर खान र अमिताभ बच्चनले एक साथ काम गर्दैछन् । उनीहरुका अलावा फिल्ममा फातिमा शेख र कैटरिना कैफको प्रमुख भूमिका रहेको छ । कैटरिनाले धूम ३ मा र फातिमाले दंगलमा आमिरसँग काम गरेका थिए ।

यशराज ब्यानरबाट बनिरहेको यो फिल्म आगामी वर्षको दिवालीमा रिलिज हुनेछ । फिल्मको सुटिङ अहिले जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment