+
+

वर्षा नहुँदा सप्तरीमा दुई प्रतिशत धान रोपाइँ

रासस रासस
२०७४ असार १५ गते १४:२६

१५ असार, राजविराज । असारको पन्ध्र अर्थात् आज धान दिवसका दिनसम्म आइपुग्दा जिल्लामा दुई प्रतिशतमात्र धान रोपाइँ भएको छ । यस वर्ष असारको सुरुमै पर्याप्त मात्रामा वर्षा नहुँदा रोपाइँमा कमी आएको जिल्ला कषि विकास कार्यालयले जनाएको छ ।

अहिलेसम्म एक हजार ४०० हेक्टर जग्गामा मात्र धान रोपाइँ भएको छ । समयमा वर्षा नभएपछि गत वर्षको तुलनामा यस वर्ष पनि खडेरीको मार खेप्नुपर्ने देखिएको किसान बताउँछन् ।

जेठ र असारको पहिलो सातामा अलिअलि वर्षा भए पनि त्यसपछि वर्षा नभएकाले केही किसानले सुख्खा खेतमा पम्पसेटमार्फत पानी हाली रोपाइँ गर्दै आएको हनुमाननगर कङ्कालनी नगरपालिका–२ का कृषक लाल माझीले बताए ।

उचित सिँचाइको सधैँ अभाव खेप्दै आएका जिल्लावासी समयमा पर्याप्त मात्रामा पानी नपर्नाले अधिकांश खेतमा अहिलेसम्म रोपाइँ हुन नसकेको अर्का कृषक हरिशङ्कर विश्वासले बताए ।

कुल ७० हजार हेक्टर खेतीयोग्य जमिन भएको यस जिल्लामा वर्षा नहुँदा अहिलेसम्म दुई प्रतिशतमात्र धान रोपाइँ भएको जिल्ला कृषि कार्यालयले जनाएको छ ।

साथै मुलुककै पुरानो नहरका रुपमा रहेको चन्दर नहर जीर्ण भइ मर्मत नगरिएकाले यहाँका किसानले समयमै खेतमा पानी पटाउन नपाएको बताएका छन् गुनासो छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?