Comments Add Comment

अनुपको प्रेममा कमजोर थिइन् मलिना, भन्छिन्-‘नशा लागेजस्तो हुँदोरहेछ’


नायिका मलिना जोशी र नायक अनुपविक्रम शाहीले प्रेम स्विकार नगरेपनि यी दुइ केही बर्ष गहिरो प्रेममा डुबे । तर, केही समय अगाडि यी दुइको प्रेम कमजोर बन्यो । अहिले यी दुई आफूलाई राम्रो साथी मात्र बताउँछन् ।

बिहिबार प्रकाशित ‘नागरिक’ दैनिकसँगको कुराकानीमा नायिका तथा पूर्व मिस नेपाल मलिना जोशीले अनुपसँगको प्रेममा पर्दा आफूलाई नशा लागे जस्तो भएको बताएकी छिन् । उनले भनेकी छिन्-‘एक समय विश्वास गरेको मानिसको माया त लागिहाल्छ नि । नशा लागेजस्तो हुँदोरहेछ । के गरिरहेकी छु ? कता गइरहेको छु ? केही पनि थाहा नहुने । म त्यती बेला आफूलाई एकदमै कमजोर महशुश गर्न थालेकी थिएँ ।’

दुइको प्रेममा तेश्रो व्यक्तिको प्रवेश भएको हो भन्ने प्रश्नमा घुमाउरो शैलीमा मलिनाले यसलाई स्विकार गरेकी छिन् । उनले भनेकी छिन्-‘त्यसमा अरुको के दोष ? ठाउँ त हामीले नै दियौ नि होइन र ? आफै कमजोर भएपछि अरुलाई के दोष दिनु ?’

अनुपले मलिनाको नामको ट्याटु पनि शरीरमा खोपाएका थिए । अहिले पनि उनले त्यो ट्याटु मलिनालाई देखाउने गर्छन् । मलिनाले आफूलाई चलचित्र क्षेत्रबाट दिक्क लागेर टाढा जान मन लागेको पनि बताएकी छिन् ।

तर, चलचित्र ‘रानी’मा काम गर्दा सुटिङ पनि रमाइलो हुँदोरहेछ भन्ने उनलाई भान भयो । साथै, आफूले अघिल्लो चलचित्रमा गरेको गल्ती नयाँ चलचित्रबाट सच्याउन सकिने लोभका कारण यही क्षेत्रमा फर्किएको उनले बताएकी छिन् ।

‘ऋतु, द विनर’ जस्ता चलचित्रमा काम गरेपनि मलिनाको करिअरलाई ‘लक’ लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment