Comments Add Comment

जगदम्बालाई स्लिट रोलिङमार्फत टीएमटी छडको उत्पादनमा सफलता

१५ असार, काठमाडौं । नेपालकै ठूलो स्टिल कम्पनीका रुपमा परिचित शंकर ग्रुपअन्तर्गतको जगदम्बा स्टिल्सले टीएमटी छड उत्पादनमा अतुलनीय सफलता हात पारेको छ ।

जगदम्बा स्टिल्सले नेपालमै पहिलोपटक स्लिट रोलिङ प्रविधिमार्फत टीएमटी छड उत्पादन गर्ने कार्यमा उल्लेखनीय सफलता हात पारेको हो ।

स्टेट अफ आर्ट प्रविधिको प्रयोगमार्फत स्लिट रोलिङ प्रविधिले एउटै बिलेटबाट दूई वा दूईभन्दा बढी छड उत्पादन गर्न सकिन्छ ।

गौरवपूर्ण यस घडीमा बोल्दै शंकर गु्रपका प्रबन्ध निर्देशक शाहील अग्रवालले जगदम्बा स्टिल्स आफ्ना नेपाली उपभोक्तालाई उत्कृष्ट गुणस्तरका स्टिल उत्पादनहरु उपलब्ध गराउन निरन्तर प्रयासरत रहेको बताए ।

स्लिट रोलिङ प्रविधिमार्फत उच्च गुणस्तरिय टीएमटी छड उत्पादनका लागि प्राइमरी ग्रेड बिलेटकै मात्र प्रयोग गर्नुपर्ने हुन्छ अग्रवालले जानकारी दिए । जगदम्बा स्टिल्सले प्राइमरी ग्रेड बिलेट आयात गर्ने गर्छ ।

कम्पनीले सेल, जेएसपीएल र ईलेक्ट्रोस्टिल लगायत एकीकृत स्टिल निर्मातामार्फत प्राइमरी ग्रेड बिलेट आयात गर्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment