+
+

रामप्रसाद राई गाउँपालिकामा एमालेका विजय राई विजयी

श्यामकृष्ण दाहाल श्यामकृष्ण दाहाल
२०७४ असार १६ गते १२:५५

१६ असार,भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिकामा एमालेले बिजय हासिल गरेको छ । शुरुदेखिनै माओवादी केन्द्रले अग्रता लिएको यो गाउँपालिकामा ८ मतले एमालेका बिजय राई अध्यक्षमा निर्वाचित भए ।

एमालेका राईले २३५६ मत प्राप्त गरेर बिजयी हुँदा माओवादी केन्द्रका थामवहावदु राईले २३४८ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा भने माओवादीकी सम्झना राई निर्वाचित भएकी छन् ।

माओवादी केन्ऽले आफ्नो गढ मानेको रामप्रसाद राई गाउँपालिका माओवादी जिल्ला इन्चार्ज तथा पूर्व सभासद सुदन किरातीको गृहक्षेत्र हो ।

भोजपुरका ९ स्थानीय तहमध्ये मतगणना सम्पन्न भएको यो पहिलो गाउँपालिका हो । बाँकी ८ स्थानीय तहमध्ये कांग्रेस र माओवादीले बराबरी अग्रता लिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?