+
+
Shares

दोस्रो चरणमा पहिलो दलित प्रमुख, प्युठानको सरुमारानीमा एमालेका झगबहादुर

विजयसिंह भारती विजयसिंह भारती
२०७४ असार १७ गते १०:२०

१७ असार,प्युठान । प्युठानको सरुमारानी गाउँपालिकामा एमालेले बिजय हासिल गरेको छ । गाउँपालिका अध्यक्षमा एमालेका झगबहादुर विश्वकर्मा ३ हजार ६७७ मत प्राप्त गरी बिजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका दोरबहादुर दर्लामीले २हजार २४१ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पनि एमालेकै मीना सोमई ३६८० मत प्राप्त गरी बिजयी भएकी छन् । निकटतम  प्रतिद्वन्दी कांग्रेसकी तुलसा विष्टले १ हजार ६११ मत प्राप्त गरेकी छन् ।

दोस्रो चरणको स्थानीय तहमा प्रमुख जित्ने झगबहादुर पहिलो दलित हुन् । स्थानीय सरस्वती उच्च माविको सहायक प्राचार्यको जागिर छाडेर चुनावमा उठेका विश्वकर्माले विपक्षीलाई फराकिलो मतान्तरमा पराजित गरेका हुन् ।

१२ वर्षको स्थायी जागिर छाडेर उनलाई चुनावमा उतारिएको एमाले केन्द्रीय सदस्य सूर्य थापाले बताए । विश्वकर्मा एमालेका प्युठान जिल्ला सचिवालय सदस्य हुन् । ग्रामिण विकासमा स्नातकोत्तर गरेका विश्वकर्माले सरुमारानीको अध्यक्ष जितेर प्युठानमा एमालेको बिजयी शुरुवात गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?