+
+

मत बराबरी आएपछि चिठ्ठाबाट वडा अध्यक्षको मत फैसला

अनिल खत्री अनिल खत्री
२०७४ असार १७ गते १०:३७

१७ असार, मंसिर । रेसुंगा नगरपालिकाको वडा नं ४ मा कांग्रेस एमालेका वडाध्याक्षबीच रोचक प्रतिस्प्रर्धा भएको छ र एमाले उम्मेदवारले जति हात परेका छन् ।

वडा नं ४ मा एमालेका वडाध्याक्षका उमेदवार विजय मरासिनी र कांग्रेसका लिलाधर आचार्यको मत बराबर भएपछि चिठ्ठाबाट वडा अध्यक्षको फैसला भएको छ ।

मत बराबर भएपछि गोलाप्रथा गरेर वडा अध्यक्षको फैसला गरिएको हो वडाध्यक्षका उमेदवारबीच ४ सय ९३ मतमा बराबर भएको सहायक निर्वाचन अधिकृत दुर्गा बस्यालले बताए । बराबर मत आएपछि चिठ्ठाद्वारा अध्यक्षमा एमालेका बिजय मरासिनी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?