Comments Add Comment

सुनवल नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

१७ असार, नवलपरासी । नवलपरासीको सुनवल नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

कांग्रेसका भिमबहादुर थापा क्षेत्री ‘भरत’ नगरपालिका प्रमुखमा विजयी भएका हुन् । उपप्रमुखमा भने एमालेका दधिराम अर्याल विजयी भएका छन् ।

प्रमुखमा निर्वाचित कांग्रेसका थापाले ८ हजार ६५९ मत पाएका छन् । उनको निकटतम प्रतिद्वन्दी एमालेकी तारा भण्डारीले ७ हजार ९७३ मत पाइन् ।

उपप्रमुखमा विजयी एमालेका दधिराम अर्यालले ७ हजार ६२८ मत पाएका छन् ।

उपमेयरमा एमालेका दधिराम अर्याल विजयी । अर्यालले ८ हजार ४७५ मत पाए ।

माओवादीका प्रमुख पदका उम्मेदवार डोलाराज भण्डारीले २ हजार ४०७ र उपप्रमुख पदको उम्मेदवार प्रतिमा कार्कीले २ हजार ४६६ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment