Comments Add Comment

१० मायावी राक्षसः रामायण कालमा फैलिएको थियो जसको आतंक

प्राचिनकालमा सुर, असुर, देव, दानव, दैत्य, रक्ष, यक्ष, दक्ष, किन्नर, निषाद, वानर, गन्धर्व, नाग आदि जाति हुन्थे । राक्षसलाई पहिला ‘रक्षा’ भनिन्थ्यो । ‘रक्षा’को अर्थ, जसले समाजको रक्षा गर्छ । राक्षसहरु पहिला रक्षाका लागि नियुक्ती हुन्थ्यो । तर, पछि उनीहरुको प्रवृत्ति बदलियो । र, आफ्नो कर्मको कारण बदनाम भए । अहिले उनीहरुलाई असुरों र दावन जस्ता नाम दिइएको छ ।

देवताको उत्पति अदितिबाट भयो । असुरोको दितिबाट, दावनको दनुबाट भएको मानिन्छ । पुराणका अनुसार कश्यपकी सुरसा नामक रानीबाट राक्षस उत्पन्न भयो । तर, एउटा कथामा प्रजापिता ब्रम्हाले समुन्द्रगत जल र प्राणीको रक्षाका लागि अनेक प्रकारका प्राणि उत्पन्न गरे । जलको रक्षा गर्नका लागि यो जातिलाई पवित्र मानियो ।

राक्षसको प्रतिनिधि यी दुई व्यक्तिलाई सुम्पियो, हेति र प्रहेति । दुबै दाजुभाई थिए । उनीहरु पनि दैत्यको प्रतिनिधि मधु र कैटभ समान बलशाली र पराक्रमी थिए । प्रहेति धर्मात्मा थिए । हेती चाहि राजनीति र राजपाटमा बढी रुची राख्थे ।

रामयणकालमा जहाँ विचित्र किसिमका मानसि र पशु पंक्षी हुन्थे, त्यही कालमा राक्ष्सको आतंक एकदमै बढ्यो । राक्षसमा मायावी शक्ति हुन्थ्यो । उनीहरु आफ्नो शक्तिले देव र मानवलाई आतंकित बनाइरहन्थे । रामयणकालमा सम्पूर्ण दक्षिण भारत र दंडकारण्य क्षेत्र (मध्यप्रदेश, छत्तिसगढ) मा राक्षसको आतंक थियो । दन्ड नामको राक्षसको कारण यस क्षेत्रको नाम दन्डकारण्य राखियो ।

कसरी भयो राक्षसको उत्पति ?

राक्षसको प्रतिनिधिमध्ये हेतिले आफ्नो साम्राज्य विस्तार गर्ने मनासयले कालकी पुत्री भयासँग बिवाह गरे । उनीहरुको कोखबाट एउटा छोरा जन्मियो, विद्युत्केश । उसको बिवाह सन्ध्यकी छोरी सालकटंकटासँग गरियो । भनिन्छ, सालसटंकटा व्याभिचरिणी थिइन् ।

यहि कारण जब उसको छोरो जन्मियो, वेपर्वाह छाडिदिए । विद्युत्केशले पनि छोराप्रति खास चासो दिएनन् । किनभने त्यो कसको छोरो थियो भन्ने थाहा थियो । बस यहिबाट राक्षस जातिमा परिवर्तन आयो ।

शिव र पार्वतीले त्यस अनाथ बालकको हेरचाह गरे । त्यो अवोध बालकलाई त्यागेकोमा माता पार्वतीले श्राप दिइन् कि, ‘अबदेखि राक्षस जातिको स्त्रिले चाडै गर्भधारण गर्नेछ र त्यसबाट जन्मिएको बच्चा चाडै हुर्किएर आमा जत्तिकै हुनेछ ।’

त्यसपछि नै हो, राक्षसको शारीरिक आकर्षण कम र विकराल बढी भएको । शिव पावर्तीले त्यस बालको नाम सुकेश राखिदिए । शिवको बरदानको कारण ऊ निडर थियो । ऊ निर्भिक भएर जहाँपनि डुल्न सक्थ्यो । शिवले उसलाई एउटा विमान पनि दिएका थिए ।

सुकेशको तीन छोरा

सुकेसलाई गन्धर्व कन्या देववतीसँग बिवाह गराइयो । उनीहरुको तीन छोरा जन्मिए, माल्यवान्, सुमाली र माली । यहि तीन छोराले राक्षसको साम्राज्य र प्रभाव विस्तार गरे ।

किनभने उनीहरुले शक्ति र ऐश्वर्य प्राप्त गरेका थिए । त्यही कारण एकदमै अहंकार पनि थियो । उनीहरुले विश्वकर्मादेखि त्रिकूट पर्वतको नजिक समुन्द्र तटसम्म लंका निर्माण गरे र त्यसलाई आफ्नो शासन केन्द्र्र बनाए ।

लंकालाई उनीहरुले धन र वैभवको धर्ती बनायो । उनीहरुले त्यसलाई राक्षस संस्कृतिको विजारोपण गरे । उनीहरुको अहंकार बढ्दै गयो र देवतामाथि अत्याचार गर्न थाले । धर्तीमा आतंक मच्याउन थाले ।

रावणको जन्म

यी तीन भाईको वंशजमा माल्यवानबाट वज्र, मुष्टि, धिरुपाश्र्व, दुर्मख, सप्तवहन, यज्ञकोप, मत्त, उन्मत्त नामक पुत्र र कन्य जन्मिए ।

सुमालीको प्रहस्त, अकन्पन, विकट, कालिकामुख, धूम्राश, दण्ड, सुधस, भास्करण नामक पुत्र तथा रांका, पुण्डपोत्कटा, कैकसी, कुभीनशी नामक पुत्री जन्मिए ।

यसमध्ये कैकसी रावणकी आमा थिइन् ।

रामयणले आफ्नो बलबूतोले साम्राज्य बिस्तार गरे । शक्ति बढाए । वास्तवमा रावण राक्षस जातिका थिएनन्, उसको माता राक्षस जातिको थियो तर, उनको पिता यक्ष जातिको ब्राम्हाण थिए ।

रावण किन राक्षस भए ?

मालीकी पुत्री कैकसी रावणकी आमा थिइन् । रावणले देवतालाई छाडेर राक्षसको उन्नतीमा बढी ध्यान दिए । उनी एक कुशल राजनीतिज्ञ, सेनापति र वास्तुकलाका मर्मज्ञ थिए । उनी ब्रम्हाज्ञानी तथा बहु बिद्यामा निपूण थिए । राक्षसप्रति उनको झुकाब बढ्दै गएपछि रावणलाई मुखिया घोषित गरियो । रावणले लंकमा आफ्नो प्रभुत्व जमाए । उनी इन्द्रजाल, सम्होन, तन्त्र आदि जादु समेत जान्दथे । उनीसँग यस्तो विमान थियो, जो अरुसँग थिएन ।

तर, रावण विद्धान भएपनि क्रुर, अभिमानी, अत्याचारी थिए । उनले कुबेरबाट लंका र उसको बिमान हत्याएका थिए । उनले सिताको हरण गरेका थिए । शिवको अपमान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment