Comments Add Comment

पाँचथरको कुम्मायक गाउँपालिकामा एमाले विजयी

१७ असार, पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका जयवहादुर चेम्जोङ ३२२६ मत प्राप्त गरी विजयी भएका छन् ।

निकटतम प्रतिस्पर्धी कांग्रेसका बमप्रसाद लावतीले २००३ मत पाएका छन् । उपाध्यक्षमा एमालेकै सीता आचार्य ३२८५ मतका साथ बिजयी भएकी छन् ।

निकटतम प्रतिद्वन्द्वी राप्रपाका हितवहादुर अगुवाले ११३९ मत प्राप्त गरेका छन् । यसअघि एमालले हिलिहाङ गाउँपालिका जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment