असार १७, धनकुटा । धनकुटा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेयरमा चिन्तन तामाङ र उपमेयरमा सकुन्तला वस्नेत विजयी भएका छन् । मेयरकालागि तामाङ १ सय १४ र उपमेयरमा शकुन्तला वस्नेत १ हजार ८ सय ४१ मतअन्तरले विजयी हुन् ।
मेयरमा विजयी तामाङले ४ हजार ९ सय ३३ मत र उपमेयरमा विजयी वस्नेतले ५ हजार ४ सय ६४ मत प्राप्त गरे । त्यस्तै उहाँको निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका दिनेश राईले ४ हजार ८ सय १९ मत र उपमेयरमा रेणु श्रेष्ठले ५ हजार ४ सय ६४ मत प्राप्त गरिन् ।
धनकुटा नगरको वडा नं. १, २, ४, ७, १० मा नेकपा एमाले, वाड नं. ६ र ५ मा नेपाली कांग्रेस, वडा नं. ८ र ९ मा माओवादी केन्द्र र वडा नं. ३ मा नयाँ शक्तिले वडाध्यक्षमा विजयी हासिल गरेको थियो । धनकुटाको ७ तहमध्ये सबैभन्दा बढी १८१२९ मतदाता भएको यो नगरमा १३६१० मत खसेको थियो ।
यो जीतसँगै एमालेले धनकुटाको ५ तहमा जीत हासील गरेको छ । बाँकी २ तहमा समेत एमालेको अग्रता रहेको छ ।
प्रतिक्रिया 4