Comments Add Comment

सिड्नीमा खुलेकी अनुजा

२ जुलाई, सिडनी । प्रवासी जीवनको ब्यस्तता । अध्ययन अनि काम । त्यसबाट पनि समय बचाएर अनुजा शर्मा लागि परेका छिन् मोडलिंगतिर ।

नेपाल रहंदा मोडलिंग क्षेत्रमा राम्रैसंग जमेकी थिईन अनुजा । तर, अध्ययनको क्रममा ३ वर्ष अगाडि अष्ट्रेलियाको सिड्नी आएपछि उनी सुस्ताउन पुगिन । ‘अब भने यो प्यासनलाई निरन्तरता दिने योजनामा लागेकी छ’ । शुरूमा प्रवासमा स्थापित हुन गाह्रो पनि थियो । आज केही हदसम्म उभिन सक्ने भएपछि अब भने जमेर नै लाग्ने छु’ फोटो शुटको क्रममा अनुजाले भनिन् ।

काठमाडौं मैतिदेबीकी अनुजा अहिले सिड्नीमा बस्छिन । उनले हालै नेपालीहरुको कलेज हाम्रो कलेजबाट डिप्लोमा पनि सकाएकी छिन भने कलेजले गर्ने बिभिन्न कार्यक्रमहरूमा पनि उनले आफ्नो दक्षता देखाई सकेकी छिन् । बिशेष गरेर म्यूजिक भिडियोहरूमा सिड्नीमा उनको बाक्लो उपस्थिति हुने गरेको छ । ‘नृत्य मेरो क्षेत्र र शौख हो । अब बिस्तारै सिनेमातिर पनि लाग्छु ।’ उनले आफ्नो योजना सुनाईन् ।

सिड्नीमा आयोजना भएको मिस नेपाल अस्ट्रेलिया २०१६ मा मिस ट्यालेन्टको उपाधि हात परेपछि उनी सिडनीबासी नेपालीहरूका नजरमा परेकी थिईन । त्यसबाट नै उनले स्थानीय कार्यक्रमतिर सहभागी हुने अबसर पाएकी थिइन ।

मोडलिंगको क्षेत्रलाई प्रबासमा रहेर पनि निरन्तरता दिने योजनाका साथ लागि परेकी अनुजाको सिड्नीमा खिचिएका २ तस्वीरहरू  :

तस्वीर :प्रकाश अधिकारी  (एभरेष्ट फोटोग्राफी) सिड्नी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment