Comments Add Comment

७ उपमहानगरको अग्रताः एमाले ५, कांग्रेस १, राप्रपा १

धरान र इटहरीमा एमालेले कांग्रेसलाई उछिन्यो


१८ असार, काठमाडौं । दोस्रो चरणको चुनाव सम्पन्न भएका ७ उपमहानगरपालिका मध्ये ५ वटामा एमालेले अग्रता लिएको छ । नेपाली कांग्रेसले दुईवटा र राप्रपाले एउटा उपमहानगरपालिकामा अग्रता लिएको छ ।

पछिल्लो मतगणना परिणाम अनुसार एमालेले धरान, इटहरी, बुटवल, तुलसीपुर र घोराही उपमहानगरपालिकामा अग्रता लिएको छ ।

नेपाली कांग्रेसले धनगढी उपमहानगरपालिकामा अग्रता लिएको छ भने राप्रपाले नेपालगञ्ज उपमहानगरपालिकामा अग्रता लिइरहेको छ ।

नेपाली कांग्रेसले सुरुमा धरान र इटहरी उपमहानगरपालिमामा समेत अग्रता लिएको थियो । तर, ती दुबै उपमहानगरमा आइतबार बिहानसम्म एमालेले कांग्रेसलाई पछि पारेको छ ।

बुटवलमा सुरुमा कांग्रेसले अग्रता लिए पनि शनिबारदेखि नै एमालेले अग्रता लिइरहेको छ ।

धनगढीमा कांग्रेसले सुरुदेखि नै अग्रता लिइरहेको छ । सुरुको २० भोट गन्दा स्वतन्त्रले अग्रता लिए पनि कांग्रेसले नै त्यहाँ अहिलेसम्म लिड गरिरहेको छ ।

दाङका दुबै उपमहानगरपालिकामा एमालेले राम्रो नतिजा ल्याइरहेको छ । त्यहाँका तुलसीपुर र घोराही दुबै उपमहानगरपालिकामा एमालेकै अग्रता छ ।

नेपालगञ्जमा राप्रपाका मेयर उम्मदेवार भवल समशेर राणाले फराकिलो मतान्तरले अग्रता लिइरहेका छन् ।

७ वटै उपमहानगरपालिकाको पछिल्लो परिणाम यस्तो छ–

१. धरान उपमहानगरपालिका
एमालेः तारा सुब्बा– २६१८/मञ्जु भण्डारी – २६१२
कांग्रेसः तिलक रार्इ-२५२१ / श्यामा रेग्मी–२४८७
अइन्द्रविक्रम बेघा– ११८९

२. इटहरी उपमहानगरपालिका
एमालेः– द्वारिकलाल चौधरी– ५४३३/लक्ष्मी गौतम ५२९५
कांग्रेसः रोहित प्रसाई– ५३०४/विमला ढकाल ५२७२

३. बुटवल उपमहानगरपालिका
एमालेः– शिवराज सुवेदी– ६२८९/गोमा आचार्य ६२८९
कांग्रेसः खेलराज पाण्डे– ६०६३/जगतबहादुर पोखरेल ४३३२ ( माओवादी)

४. घोराही उपमहानगरपालिका
एमालेः नरुलाल चौधरी– १३६३१/सीता सिग्देल–१२७८२
कांग्रेसः भूपबहादुर डाँगी– ९९७२/पुष्पा श्रेष्ठ– १२२५६
माओवादीः जीवन गौतम ७५७६/सीता शर्मा– ७८६५

५. तुलसीपुर उपमहानगरपालिका
एमालेः– घनश्याम पाण्डे– ६८८७/माया आचार्य ६०२९
कांग्रेसः गेहेन्द्र गिरी– ४८४५/ देविका नेपाली–४९५६

६. नेपालगञ्ज उपमहानगरपालिका
राप्रपाः धवलसमशेर राणा– ६५०७/रमारानी वैश्य–४८२९
कांग्रेसः सुरेशकुमार कनोडिया– ३९१२/उमा थामामगर ४८४५
माओवादीेः– दामोदर आचार्य– ३६२४/ कलामुन अन्सारी ३२९६
७. धनगढी उपमहानगरपालिका
कांग्रेसः नृप बड– ३४९७/सुशीला मिश्र भट्ट–४००९
एमालेः– दूर्गा जोशी– २८५४/रुक्मिणी देवकोटा ३५५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment