Comments Add Comment

नवलपरासीको रामग्राममा कांग्रेस विजयी, नरेन्द्र गुप्ता बने मेयर

१८ असार, नवलपरासी । नवलपरासीको रामग्राम नगरपालिकामा नेपाली कांग्रेसले जितेको छ । नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै कांग्रेसले जितेको हो ।

कांग्रेसका नरेन्द्रकुमार गुप्ताले ५ हजार ८ सय ५६ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमाशंकर चौधरीले ४ हजार ५ सय ३० मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपप्रमुखमा रम्भा कुँवरले ६ हजार ५ सय ८९ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका उमादेवी यादवले ४ हजार ६१ मत प्राप्त गरिन् ।

रामग्राम नगरपालिकाका १८ वटा वडामध्ये कांग्रेसले १० वटा, राप्रपा र नयाँ शक्तिले ३/३ वटा र एमालेले २ वटा वडामा वडाअध्यक्ष जितेको छ ।

नगरपालिकाको वडा नम्बर २, ३, ६, ८, ९, १२, १४, १५, १६ र १८ मा कांग्रेस, वडा नम्बर १, ७ र १७ मा राप्रपा, वडा नम्बर ५ र ११ मा एमाले र ४, ११ र १३ मा नयाँ शक्तिले जित हात पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment