+
+
Shares

बिराटनगर महानगरको मतगणना स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १८ गते १८:११

१८ असार, बिराटनगर । बिराटनगर महानगरपालिकाको मतगणना स्थगित भएको छ । मतगणना व्यवस्थित नभएको भन्दै दलहरुले असन्तुष्टि जनाएपछि गणना स्थगित गरिएको हो ।

मतगणनाका लागि मतपेटिकाबाट खन्न्याइएको मत भने गणना गरिनेछ । यो गन्न केही समय लाग्नेछ ।

त्यसपछि मतगणना व्यवस्थित गर्ने मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले बताए । उनले यसका लागि कम्तिमा २ घन्टाको समय माग गरेका छन् ।

बिराटनगरको गणना निकै सुस्त र अव्यवस्थित छ । संघीय समाजवादी फोरमका मेयरका उम्मेदवारले आफ्नो ८ मत फरक परेको भन्दै उजुरी गरेका छन् । फोरमका जिल्ला अध्यक्ष राजकुमार यादवका अनुसार २१३१ गणना भएको हो । तर, २१२२ मात्र देखाइएको छ ।

अहिलेसम्म मेयरमा कांग्रेसका भीम पराजुली अगाडि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?