Comments Add Comment

कञ्चनपुरको शुक्लाफाँटाको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

१९ असार, काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका मेयरमा नेपाली कांग्रेस र उपमेयरमा एमाले विजयी भएको छ ।

मेयरमा कांग्रेसका दीलबहादुर ऐर ६४३२ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रणबहादुर महरा ५२२९ मतमा रोकिए ।

माओवादी केन्द्र यहाँ तेस्रो बनेको छ । शुक्लाफाँटाका निर्वाचन अधिकृत प्रेमसिंह कुँबरले दिएको जानकारी अनुसार माअाेवादी मेयर उम्मेदवारले ३९६९ मत ल्याएका छन् ।

उपमेयरमा भने एमालेकी तुलसी हमाल विजयी भएकी छन् । हमाल कांग्रेसकी धर्मा विष्टभन्दा ८३ बढी मत ल्याएर जित दर्ता गराउन सफल भएकी हुन् । हमालले ५२९३ मत ल्याउँदा नेपाली कांग्रेसकी विष्टले ५२१० मत हासिल गरिन् ।

माओवादी केन्द्रको उपमेयर उम्मेदवारको पक्षमा ४१७२ मत परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment